'अब सहकारी कार्यक्षेत्र अधिनमा मात्र कारोवार गर्छौं' : अध्यक्ष यादव
न्यूज ब्यूरो || जनकपुरधाम, ५ फागुन । सहकारी धनुषाका अध्यक्ष ध्रुव कुमार यादव ले सहकारी कार्यक्षेत्रभित्र रही मात्र कुनै सँस्थासँग कारोवार गर्ने बताएका छन् । आज एक सहकारी सँस्थाको १० औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष यादवले सहकारी सँस्थाको कार्य क्षेत्र र अधिनमा रही मात्र कुनै सँस्थासँग कार्य व

२०७४ फागुन ५ शनिबार, बेलुकी ६:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ५ फागुन । सहकारी धनुषाका अध्यक्ष ध्रुव कुमार यादवले सहकारी कार्यक्षेत्रभित्र रही मात्र कुनै सँस्थासँग कारोवार गर्ने बताएका छन् ।
आज एक सहकारी सँस्थाको १० औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष यादवले सहकारी सँस्थाको कार्य क्षेत्र र अधिनमा रही मात्र कुनै सँस्थासँग कार्य विस्तार गर्ने बताएका छन् ।
सहकारीको सात सिद्धान्तलाई आधार मानी यादवले ७ दीप प्रज्वलन गरी वार्षिकोत्सवलाई उद्घाटन गरेका थिए ।

विभिन्न समयमा सहकारी सँस्थाहरुले जनतालाई असहजता तथा कुनै कुनै ठाउँमा सहकारीकै नाम बेचेर जनता ठग्ने गरेको गुनासो आएकोले अबदेखि सहकारी मूल कार्यक्षेत्र र नीति नियमभित्र रही मात्र कुनै सहकारी सँस्थासँग सहकार्य गर्ने थपे ।
पिपुल्स हेल्पफूल बचत तथा ऋण सहकारी सँस्था लिमिटेड जनकपुरको १० औँ वार्षिकोत्सवको अवसरमा प्रमुख आतिथ्यको आसनबाट बोल्दै अध्यक्ष यादवले अबको सहकारी सँस्थामा जनताले सहज बचत गरी समय र पैसा एकसाथ बचत गर्न सहजता महसूस गर्नेछ ।

सहकारी सँस्थाले समाजमा खेल्ने भूमिकाबारे जनसमक्ष जनचेतना फैलाउनु पनि आवश्यकता औयाउँदै उनले सहकारी वर्तमान अवस्थामा समाजको लागि अभिन्न अँगको रुपमा स्थापित भएको बताए ।
आयोजक सहकारी सँस्थाका नव गठित कार्य समितिका अध्यक्ष राजेन्द्र प्रसाद किरणको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै नेपाल कृषि प्राविधिक केन्द्रीय एशोसिएट सदस्य विक्रम यादवले सहकारी र कृषिको सम्बन्ध अपरिहार्य रहेको जीकिर गरे ।
यादवले वर्तमान समयमा सहकारी र कृषिमा लगानी गर्न सकियो भने दिनानुदिन पलायन भइरहेको युवाहरुलाई स्वदेशमै स्थानीयस्तरीय रोजगारी प्रदान गर्न सकिने दाबी गरे ।
सहकारीको माध्यमले कृषि क्षेत्रलाई विकास गर्न सजिलो हुने भएकोले सहकारी र कृषिको सम्बन्ध नँग र मासु जस्तै प्रगाढ भएको बताए ।
सँस्थाको वार्षिका प्रतिवेदनमा वि.स. आ.व. २०७२ ७३ को तुलनामा आ.व. २०७३ ७४ मा सँस्थाको कारोवार वृद्धि भएको बताइएको छ ।
गत आ.व.को तुलनामा चुक्ता शेयर पुँजी, कोष रकम, बचत तथा निक्षेप, ऋण लगानी, सम्पति समान हिसाब शिर्षकहरुमा वृद्धि भएको जनाइएको छ ।
नयाँ कार्यसमिति गठन
पिपुल्स हेल्पफूल बचत तथा ऋण सहकारी सँस्था जनकपुरले नयाँ कार्य समिति समेत गठन गरेको छ ।
७ सदस्यीय नयाँ कार्य समितिको अध्यक्षमा राजेन्द्र प्रसाद किरण, उपाध्यक्षमा स्वयम्वरनाथ झा चयन गरिएको छ भने सदस्यहरुमा मो. हारिस, श्रीमति गँगा साह, रंजित कुमार झा, संगिता देवी साह र विमला कुमारी मण्डललाई चयन गरिएको हो ।
यस्तै समितिको लेखा सँयोजकमा युगल किशोर मण्डललाई चयन गरिएको छ भने सदस्यहरुमा अब्दुल मालिक र गीता देवी श्रेष्ठलाई चयन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…