माछापालन व्यावसायले युवाहरु विदेश पलायन न्यून हुन्छ : प्रमुख तिवारी
अझै भोलीको दिनमा राम्रो कार्यक्रम ल्याई माछा उत्पादन गुणस्तरीय रुपमा गरेर नेपालमा उब्जाएको माछा विदेश पठाउने गरि माछा उत्पादन गर्ने मह्तोले बताए ।

२०७७ फागुन १ शनिबार, राति ८:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । माछा सुपरजोन कार्यालय जनकपुरका प्रमुख प्रमुख युगल किशोर तिवारीले माछा पालन व्यावसाय गर्ने युवाहरुले कहिल्यै विदेश पलायनको स्थिति सृजना नहुने दाबी गरेका छन् ।
शुक्रबार धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वतामा गरिएको माछापालन व्यावसाय अनुमगनको क्रममा प्रमुख तिवारीले विभिन्न समयमा माछा पालन गर्ने किसान, कृषकलाई अनुदान सहयोग गर्दै आएकोमा माछा पालनबाट बर्षेनी लाखौं रुपैयाँको आम्दानी गरी विदेश पलायन हुने बाध्यता नआउने बताए ।
“हामी समय–समयमा आवश्यकता बमोजिम अझै कार्यक्रमलाई किसानलाई सहयोग गर्ने प्रयास गर्दैछौं । किसानहरुले माछा पालन तर्फ उत्कसुकता पनि त्यतिकै देखाएको छ र माछापालन व्यावसाय फस्टाएको पनि त्यतिकै छ ।” उनले भने ।
पर्वतामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट संचालित कार्यक्रमहरु आन्तर्नीकाय संयुक्त अनुगमन तथा अवलोकन भ्रमण गरिएको छ ।
अनुगमन भ्रमण कार्यक्रमको सभापति धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलको रहेको थियो । सभापति गर्दै मेयर मण्डलले कार्यक्रम भ्रमण पुगेका अतिथिहरुलाई स्वागत गरेका थिए ।
धनुषाधाम नगरपालिकामा माछा सुपरजोनबाट अनुदान पाएपछि पहिलेको तुलनामा अहिले माछा पालन व्यावसाय फस्टाएको र किसानहरु आकर्षित भएको बताए । नगरपालिकाबाट किसानहरुको लागि विभिन्न योजना छ्नौट गरि कृषिकरणमा जोड दिने बताए ।
साथै भ्रमणमा आएका सरोकारवालाहरुसंग पर्वाता माछा पालनमा जोड दिने र किसानहरूको आवश्यक सामग्रीहरु समयमा उपलब्ध गराइदिन आग्रह समेत मेयर मण्डलले गरे ।
सो कार्यक्रममा पवन मत्सय पालन केन्द्रका प्रोपाईटर जोगकुमार महतोले माछा पालन व्यवसायी सफल व्यवसायी रहेको दाबी गरे । “विदेश पलायनमा जानू पर्ने युवाहरूको लागि नेपालमा एकदम राम्रो व्यवसाय हो ,सुपरजोन स्थापना गरि विभिन्न समयमा अनुदानहरु दिएर किसानलाई व्यवसायमा हौसाला बढेको छ ।” उनले भने ।
अझै भोलीको दिनमा राम्रो कार्यक्रम ल्याई माछा उत्पादन गुणस्तरीय रुपमा गरेर नेपालमा उब्जाएको माछा विदेश पठाउने गरि माछा उत्पादन गर्ने मह्तोले बताए ।
बिशिस्ट अतिथि धनुषाधाम नगरपालिकाकी उपमेयर बिध्या देवि भुजेल ,कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका सहसचिव डा. हरी बहादुर केसीको नेतृत्वमा परियोजना निर्देशक वैकुण्ठ अधिकारी, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा सम्झना काफ्ले, कृषि विभाग का उपमहानिर्देशक ई. जगनाथ तिवारी, पशुसेवा विभागका प्रमुख पशु विकास अधिकृत लोकनाथ पौडेल , सुपरजोन समन्व्य समितीको संयोजक बौवेलाल मुखिया लगायतका व्यक्तित्वहरु अनुगमन भ्रमण तथा अन्तरक्रियामा सहभागी रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…