जनकपुरः आफनै भिनाजुलाई मारेको आरोपमा सालो (सार) पक्राउ
रेग्मीलाई उनकै सालोले कर्तव्य गरि मारेको खुल्न आएको जनाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले खातीलाई जिल्ला अदालत धनुषाबाट म्याथ लिएर अनुसन्धान सुरु गरेको छ ।

२०७७ माघ ३० शुक्रबार, दिउँसो ४:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा सालोले आफ्नै भिनाजुको हत्या गरेको आरोपमा सालोलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
गत माघ १३ गते धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं.७ हरिहरपुर स्थित सँचालनमा रहेको क्षीरेश्वर डिस्टिलरीका सँचालक प्रमोद रेग्मीलाई उनको आफ्नै सालो (साला, सार) ले बाँसको फट्टाले हानेर मारेको आरोपमा पक्राउ गरेको हो ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ७ घर भएको वर्ष ५४ को प्रमोद रेग्मी उनले सुत्ने कोठामा मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
गत माघ १४ गते विहान करिब ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले लासजाँच गरी मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको थियो । मृतक रेग्मीलाई मारेको जस्तो घाउँचोटबाट देखिन आएपछि प्रहरीले शंकाको आधारमा अनुसन्धान गहिरो पारेको थियो ।
सो घटनामा सुक्ष्म रुपमा तालुक २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषा समेतको अनुसन्धान टोलीले अनुसन्धान गरेपछि रेग्मीको आफ्नै सहोदर सालो (सार) ले बाँसको फट्टा प्रहार गरी घाईते बनाएको खुल्न आएको हो ।
मृतकका सालो बर्ष ३५ को निरज खातीलाई प्रहरीले पक्राउ गरी अनुन्धान सुरु गरेको छ । खातीले सेयर लगानी सम्बन्धीको विषयमा रिसईवी राखि मृतक प्रमोद रेग्मीलाई अत्याधिक मात्रामा मादक पदार्थ सेवन गराई बाँसको लठीले टाउँकोमा प्रहार गरि गम्भिर घाईते बनाएको थियो ।
रेग्मीलाई उनकै सालोले कर्तव्य गरि मारेको खुल्न आएको जनाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले खातीलाई जिल्ला अदालत धनुषाबाट म्याथ लिएर अनुसन्धान सुरु गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…