प्रदेश २ः होटलमा यौनधन्दा चलाएको आरोपमा होटल सँचालक पक्राउ
प्रहरी नायव उपरीक्षक थापाले दिएको जानकारी अनुसार महोत्तरी जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

२०७७ माघ ३० शुक्रबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । प्रदेश नम्बर २ को एक होटलमा यौनधन्दा (वेश्यावृति) चलाएको आरोपमा एक होटल सँचालकलाई पक्राउ गरिएको छ ।
प्रदेश २ को महोत्तरी जिल्लाको बर्दिवास स्थित रहेको एक होटलबाट प्रहरीले होटलमै यौनधन्दा चलाएको आरोपमा पक्राउ गरेको हो । होटलमा वेश्यावृति गराएको आरोप सँचालकमाथि लगाइएको छ ।
बर्दिबास नगरपालिका–१ स्थित देउराली होटल एण्ड लजमा वेश्यावृति भइरहेको सूचना गोप्य रुपमा दुई जनाले उजुरी गरेपछि होटलका संचालक तिल बहादुर थापालाई नियन्त्रणमा लिई उनी विरुद्ध मुद्दा दर्ता गराईएको छ ।
बिहीवार परेको जाहेरीको आधारमा होटल संचालक थापालाई पक्राउ गरि मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।
प्रहरी नायव उपरीक्षक थापाले दिएको जानकारी अनुसार महोत्तरी जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…