मधेशका नवल पँजीयार जसले गिनिज वल्ड रेकर्ड बुकमा नाम बनाए
यिनका एक बहिनी शिला पजियार भाइ धिरज पजियार हुन। नवल विवाहित हुन र श्रीमती ईंजिनियर विना पजियार छोरि ईशाना पजियार छोरा ईभान हुन् ।

२०७७ माघ २६ सोमबार, बिहान ९:२२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरका डा. नवल पँजीयार गिनिज वल्र्ड रेकर्डमा नाम दर्ज गराउन सफल भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर बस्ने बर्ष ५० का डा. पँजीयारले स्मरण शक्ति बढी भएको भन्दै गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका हुन् ।
साधारण घर परिवारमा जन्मेको डा. नवल पजियार वर्ल्ड गिनिज बुकमा विश्व भरका स्मरण शक्ति भएको व्यक्तिको रुपमा चिनिएका छन् । डा. पँजीयारले सबैभन्दा बढी स्मरण शक्ति भएको व्यक्तिमा नेपालको नाम विश्वभरि चम्काएका हुन् ।
विश्वमा सबै भन्दा बढि स्मरण शक्ति राख्ने व्यक्तिको सूचिमा सफल भएका डा. पँजीयारलाई गिनिज वल्र्ड रेकर्डले प्रमाण पत्र सहितको सम्मान दिएको हो । उनलाई विभिन्न माध्यमबाट बधाई दिने क्रम जारी रहेको छ ।
को हुन डा. नवल पँजीयार ?
विश्व विजेता डा. नवल पजियार, नेपाल र नेपाली लााई विश्वभरमा चिनाउने मधेशको भूमि राजा जनकको पौराणिक राज्य सिताकी नगरी जनकपुरधाम वडा नम्बर १६ (कपिलेश्वर) निवासि बुवा नन्टुन पजियार र आमा बिराजि देवी पजियारको कोँखबाट जन्मेको जेठो संतान हुन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…