प्रदेश २ः यी दुई नाकामा कुखुरा तस्करसँग ईन्सपेकटर, सई र असईको सेटिँग
हार्डवेयर, लताकपडा, गुटखा जस्ता विभिन्न सामानहरु तस्करी हुदा पर्सेली व्यापारी पनि मर्कामा पर्ने गरेको नाम नराख्ने सर्तमा एक जना कपडा व्यवसायीले बताएका छन।

२०७७ माघ २५ आइतबार, बिहान ८:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । भारतको सिमासंग जोडिएको पर्साको ग्रामिण भेगमा पर्ने जानकीटोला दस्वता र पाण्डेपुर नाकाबाट प्रहरीकै मिलोमतोमा दैनिक लाखौं बराबरको अबैध कारोबार भईरहेको छ ।
सशस्त्र प्रहरी भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किशमान तामाङ र जान्किटोलाका ईन्चार्ज प्रहरी नायब निरिक्षक (सई) बसन्त थापा र पाण्डेपुर का असई भिखारी यादव ले दैनिक हजारौ नजराना बुझी दैनिक लाखौं मूल्य बराबरको अबैध कारोबार गराई रहेको पाईएको छ ।
नेपालको आर्थिक एंव औधोगिक नगरी समेत रहेको वीरगंज भन्सारबाट करिब ७० प्रतिशत राज्सव उठेपछि मुलुकको अर्थव्यवस्था चले पनि पर्साको ग्रामिण भेगमा पर्ने सो नाकाबाट पहुचको दम्भ देखाउँदै दैनिक लाखौं मूल्य बराबरको अबैध कारोबार गराई रहेका छन।
कोरोना कहरका कारण सरकारले नेपाल भारत सीमा सिल गरेको भए पनि सीमावर्ती क्षेत्र जान्किटोला दस्वता र पाण्डेपुर मानिसहरु आवतजावत साथै तस्करी धन्दा पनि मौलाएको छ ।
प्रदेश २ का घुमुवा प्रहरी र वीरगंज भन्सार क्षेत्रमा तैनाथ प्रहरी प्रशासनले केही हदसम्म कडाई गरेपछि तस्करको सेंटिङ्गमा जानकीटोला दस्वता र पाण्डेपुर नाकाबाट दैनिक लाखौं मूल्य बराबरको लागु औषध, पेट्रोलियम पद्धार्थ, मरिच, कुखुराको चल्ला, मटर, लता कपडा, हार्डवेयर लगायतका सामान जानकीटोला दस्वता पाण्डेपुरबाट तस्करी भईरहेको छ।
इनार्वाका नामुद कुखुरा तस्कर शेषनाथ साहसंग प्रहरी प्रमुखहरुले सेटिङ्ग मिलाई नेपाल भित्रियाउन सघाउने गरेको स्थानीय तथा त्यसक्षेत्रमा कारोबार गर्ने केही व्यापारीहरुले बताएका छन् ।
उनीहरुका अनुसार शेषनाथले नै कुखुराहरुको सानादेखी ठुला तस्करको जिम्मा लिई स्थानिय प्रहरी प्रमुखहरुसंग मिलोमतोमा कारोबार गराई रहेको र माथिल्लो निकायका प्रहरीलाई समेत मिलाएका छन।
माथीका हाकिम हरुको पनि आफ्नै जिम्मा लिई तस्करहरुलाई मिलाएर बिचौलियाको भूमिका खेल्ने गरेको स्रोतको दाबी छ । पर्सा प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे आएदेखी नै सो नाकाबाट ब्यापक तस्करी मौलाएको हो । माथिल्लो तहका प्रहरीसंग साटघाँट मिलाई व्यापक तस्करी गराई मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने काम गरिरहेका छन ।
हार्डवेयर, लताकपडा, गुटखा जस्ता विभिन्न सामानहरु तस्करी हुदा पर्सेली व्यापारी पनि मर्कामा पर्ने गरेको नाम नराख्ने सर्तमा एक जना कपडा व्यवसायीले बताएका छन।
केही भ्रष्ट व्यापारीहरुले गरेको अबैध कारोबारका कारण ऋण लिएर व्यापार संचालन गरेका आम व्यवसायीहरु पनि मर्कामा पर्ने गरेको ती व्यापारीले दुःखेसो पोखेका छन। तस्करी फसटाएपनी उच्चपदाधिकारीहरु मौन देखिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…