प्रदेश २ः ठाकुर र यादव घुस सहित रँगेहात पक्राउ
दुवै जनाले सेवाग्राहीबाट १५ हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय कञ्चनपुरसँगैको चिया/खाजा पसलबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले जनाएको छ ।

२०७७ माघ २५ आइतबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई जनालाई घुस सहित रँगेहात पक्राउ गरेको छ ।
शनिबार प्रदेश नम्बर २ को सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ स्थित रहेको नापी कार्यालयका दुई कर्मचारीहरुलाई अख्यितार दुरुपयोग अनुन्धान आयोगको कार्यालय इटहरीबाट खटेको टोलीले पक्राउ गरेको जनाइएको छ ।
नापी कार्यालयमा कार्यरत सर्वेक्षक हरिचन्दर ठाकुरले जग्गाको कित्ताकाट गरिदिने भन्दै लेखापढी व्यावसायी (लेखनदास) अरुण कुमार यादव मार्फत सेवाग्राहीबाट अतिरिक्त रकम अर्थात घुस मागेको आरोपमा पक्राउ परेको हो । दुवैजनालाई १५ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
दुवै जनाले सेवाग्राहीबाट १५ हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय कञ्चनपुरसँगैको चिया/खाजा पसलबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…