कतारमा हुने क्रिकेटको लागि मधेशबाट अलराउण्डर यादव पनि नेश्नल टिममा छनौट
कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, संदीप लामिछाने, शरद भेस्वाकर, र बसन्त रेग्मीलाई बाहिरिएका छन्।

२०७७ माघ १९ सोमबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । खाडी मुलुक कतारमा हुने टि–२० क्रिकेट प्रतियोगिताको लागि मधेशबाट विवेक यादवलाई राष्ट्रिय टिममा छनौट गरिएको छ ।
नेपाल क्रिकेट संघ (सीएएन) ले कतार विरुद्ध टी–२० क्रिकेट श्रृंखलाका लागि बन्द प्रशिक्षणका लागि १८ खेलाडीलाई गरेको छनौटमा मधेशबाट विवेक यादव पनि छनौट भएका हुन् ।
कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, संदीप लामिछाने, शरद भेस्वाकर, र बसन्त रेग्मीलाई बाहिरिएका छन्।
राष्ट्रिय क्रिकेट नियामक निकायले बन्द प्रशिक्षणको लागि राजधानीमा चलिरहेको प्रधानमन्त्री कपको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीहरू बोलाएको छ।
अलराउन्डर बिबेक यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनौट भएका छन् भने कृष्ण कार्की, सौरभ खनाल, शहाब आलम र आशीफ शेख टिममा फर्केका छन्।
नेपाल र कतारबीच द्विपक्षीय टी २० बिलाटेरल खेल आउँदो फरबरी १० र १२ खेल्ने छ। प्रदेश नं. २ को सप्तरी जिल्ला निवासी विवेक यादव राष्ट्रिय टिममा छनौट भएपछि उनलाई समाजिक सँजालमा बधाईको ओइरो लागेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…