मोटरसाईकल चोरेर भाग्दै गर्दा यादव पक्राउ
उनले शनिबार (आज) करिब १२ बजेर ५० मिनेटको समयमा सखुवाचोकबाट मोटरसाईकल चोरी गरी भागेका थिए ।

२०७७ माघ १७ शनिबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले मोटरसाईकल चोरी गरी भाग्दै गर्दा एक युवकलाई पक्राउ गरेको छ ।
शनिबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवाचोक स्थितबाट चोरी गरी धनुषाधाम तर्फ भाग्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । सखुवाचोकबाट ज ८ प ८७७५ नम्बरको अपाचे मोटरसाईकल चोरी गरेका थिए ।
पक्राउ पर्नेमा सिरहाको बिष्णपुर गाउँपालिका वडा नं. ३ रजोखैर बस्ने बर्ष १८ का रोहित यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनले शनिबार (आज) करिब १२ बजेर ५० मिनेटको समयमा सखुवाचोकबाट मोटरसाईकल चोरी गरी भागेका थिए ।
यादवलाई ईलाका प्रहरी कार्यालय धनुषाधामको चेकिङ टोलीले चेक जाँचको क्रममा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ । यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर अनुसन्धान थालिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…