स्टीँग अपरेशनः 'खुश्वु लज' मा खुल्लेआम यौनधन्दा, अनुहार हेरेर लगाइन्छ रेट (भिडियो)
यसअघि गोलबजार स्थित रहेको एक होटलमा समेत खुल्लेआम यौनधन्दा सँचालन हुँदै आएकोमा न्यूज ब्यूरोबाट गरिएको स्टीँग अपरेशनपछि प्रहरी हर्कतमा आएको थियो ।

२०७७ माघ १६ शुक्रबार, बेलुकी ७:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको विभिन्न शहरी क्षेत्रमा खुल्लेयाम यौनधन्दाको समाचार विभिन्न समयमा आएको देखिन्छ । सिरहाको गोलबजार, लहान, मिर्चैयामा होटल तथा लजहरुमा यौनधन्दा सँचालन हुँदै आएकोमा राजमार्ग छेउमा समेत केही होटल तथा लजमा यौनधन्दा सँचालन भएको देखिएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ११ छपराही स्थित रहेको खुश्वु लज एण्ड होटलमा बाहिरबाट यौनकर्मीहरुलाई बोलाएर यौन धन्दा सँचालन गरेको देखिएको छ । न्यूज ब्यूरोले गरेको स्टीँग अपरेशनमा यौनधन्दा सँचालन भएको पाइएको छ ।
पूर्व पश्चिम राजमार्गमै छपराही स्थित राजमार्गको उत्तरपट्टि रहेको खुश्वु लजमा खुल्लेआम यौनधन्दा सँचालन भएको देखिएको हो । स्थानीय सहित केही व्यापारीहरुले समेत त्यहाँ खुल्लेयाम यौनधन्दा सँचालन भएको गोप्य सूचना दिएपछि न्यूज ब्यूरो सिरहाका अपरेशन टिमका सबिन यादवले स्टीँग अपरेशन गरेका थिए ।
शुक्रबार दिउँसो गरिएको स्टीँग अपरेशनको क्रममा खुश्वु लज एण्ट होलटमा जाँदा त्यहाँ बसेको साहु÷साहुनीले यौन प्यास मेटाउनको लागि अफर गरिरहेको देखिएको छ । भिडियो स्टीँग अपरेशनको क्रममा त्यहाँ बसेकी एक महिलाले भित्र जान आग्रह गर्छिन् ।
न्यूज ब्यूरो अपरेशन टिमका सबिन यादवले सडकबाटै हिडेन क्यामेराको सहाराले भित्रसम्मको दृश्य कैद गर्न सफल भएका छन् । भिडियोमा होटलमा प्रवेश गरे लगत्तै “जाने हो” भनेर सोधिन्छ । कुर्शीमा बसेकी एक महिलाले यौन भित्र गएर यौन क्रियाकलापको लागि अफर गरिएको देखिएको छ ।
भिडियो हेर्नुहोस् ।
त्यसपछि न्यूज ब्यूरोकर्मी यादवले हिडेन क्यामेरा सहितै यौनकर्मी महिला÷युवतिहरु राखिएको कोठाको गेटमा जान्छन् । त्यतिबेला यौनकर्मीहरु मेकअप गरिरहेको देख्न सकिन्छ । उनले हेरेर बाहिर निस्केपछि स्टीँग अपरेशनको बारेमा भन्दै रहन्छन् ।
पुनः भित्रबाट रिसेप्सन तर्फ आउँदा केही बोल्दा एक पुरुषले हिन्दीमा कुरा गरिरहेको सुन्न सकिन्छ । उनले पनि पत्रकार यादवलाई “गर्नु छ भने भित्र जानुस, गइहाल्नुस न” भनेर भन्छन् । तर, पत्रकार यादवले आफूसँग पैसा नभएर साथीसँग भएको भन्दै साथीलाई बोलाउने अभियन गर्छन् ।
त्यो बीचमा उनले रेट कति हो भनेर सोधेपछि त्यही बसेकी महिलाले १२०० सय रुपैयाँ लाग्ने भनेर जवाफ फर्काउँछिन् । पत्रकार यादवले भन्छन्, “मैले त २००० सम्म लाग्छन की भने सोचे थिए, १२०० रहेछ है” भनेर भन्छन् ।
ईलाका प्रहरी कार्यालय धनगढीदेखि करिब १ किलोमिटरको मात्र दुरीमा रहेको छपराही चोकमै खुल्लेआम यौनधन्दा हुँदा पनि प्रहरी प्रशासन चुप लादेर बसेकोमा एक व्यापारीले शंका जाहेर गरे । नाम नखोल्ने शर्तमा उनले यसमा प्रहरीले पनि महिनबारी रकम उठाएर यौनधन्दा गर्न दिएको बताए ।
यसअघि गोलबजार स्थित रहेको एक होटलमा समेत खुल्लेआम यौनधन्दा सँचालन हुँदै आएकोमा न्यूज ब्यूरोबाट गरिएको स्टीँग अपरेशनपछि प्रहरी हर्कतमा आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…