केपी ओली पुनः बने प्रधानमन्त्री, केही बेरमा सपथ
न्यूज ब्यूरो || काठमान्डौँ, ३ फागुन | एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुन नेपालको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पत्र जारी गरी नियुक्त गरेको हो । एमालेका अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिध

२०७४ फागुन ३ बिहीबार, दिउँसो ३:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमान्डौँ, ३ फागुन | एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुन नेपालको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पत्र जारी गरी नियुक्त गरेको हो ।
एमालेका अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठन भएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आजै ४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…