जनकपुरः विद्युत प्राधिकरणका ४ कर्मचारी घुस सहित रँगेहात पक्राउ
भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।

२०७७ माघ १६ शुक्रबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई घुस सहित रँगेहात पक्राउ गरेको छ ।
जनकपुरदेखि करिब १५ किलोमिटरको दुरीमा रहेको धनुषाको महेन्द्रनगरबाट विद्युत प्राधिकरणका चार जना कर्मचारी अख्तियारको फन्दामा परेको हो । महेन्द्रनगर स्थित रहेको नेपाल विद्युत प्राधिकरणको अन्तर्गतको ढल्केवर फ्यूज शाखामा कार्यरत ४ कर्मचारी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको टोलीले शुक्रबार (आज) दिउँसो करिब ३ बजे धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ विश्रामपुरबाट उनीहरुलाई ५ हजार रुपैयाँ घुस रकम सहित पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका कर्मचारीहरुमा जगत नारायण साह सुपरभाइजर, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम. कुमार महतो रहेको अख्तियारले जनाएको छ ।
चारै जना कर्मचारीले विश्रामपुरस्थित एक कुखुरा फर्ममा विद्युत जडान गरिदिए वापत सेवाग्राहीसँग गैरकानूनी रुपमा ५ हजार रुपैयाँ घुस रकम लिएका थिए । सोही सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको छ ।
कर्मचारीको साथबाट घुस रकम समेत बरामद भएकाले अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ । भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।
शिरिसन्यूजको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…