सम्पत्तिको लागि आफ्नै फूफाजूले गरे यादवको हत्या, फाँसी लगाएर रुखमा झुण्डाए : प्रहरी
प्रहरीले मृतकको श्रीमतीबाट जाहेरी दरखास्त लिई अभियुक्त पक्राउ गरी कर्तव्य ज्यान तर्फ अनुसन्धान कारवाही अगाडी बढाइएको जनाइएको छ ।

२०७७ माघ १६ शुक्रबार, दिउँसो ३:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को पर्सामा एक एक युवकलाई हत्या गरी रुखमा झुण्डयाएको आरोपमा तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरी बस्ने शिवचरण राउत अहिरको छोरा २१ बर्षिय अकलेश राउत यादवलाई हत्या गरी उनकै गलबन्दीले पासो (फाँसी) लगाएर झुण्डयाएको आरोपमा तीन आरोपित पक्राउ परेका छन् ।
गत पुस १ गते दिनको अन्दाजी करिब १२ बजेको समयमा पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ६ चैनपुर स्थित उनको आफ्नै जग्गामा रहेको पकडीको रुपमा यादव मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
पक्राउ पर्नेहरुमा स्थानीय वर्ष ४१ का शेष ताहिर मियाँ, वडा नं. ५ बस्ने बर्ष ५१ का भागिरत राउत र बर्ष २७ को छठु पटेल भन्ने दिनेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मृतकको लासको तत्कालिन घटनास्थलमा लिइएको तस्विरहरुको अवलोकन, घटनास्थल र घटना अघीपछिका अवस्था र घटनासँग सम्बन्धित साना–साना तथ्यहरुलाई विश्लेषण, प्राविधिक सुक्ष्म विश्लेषण र यादवको मृत्युबाट विभिन्न पक्षलाई हुन सक्ने लाभ हानिलाई समेत विश्लेषण, मृत्युको संभावित कारण समेतलाई सुक्ष्म रुपमा दृष्टीगत गरी अनुसन्धान गर्ने क्रममा हत्या गरेको हुन सक्ने दृश्टिकोणबाट पुनः अनुसन्धान गरी अभियुक्तहरु सम्म पुग्न सफल भएको बताइएको छ ।
प्रहरीले मृतकको श्रीमतीबाट जाहेरी दरखास्त लिई अभियुक्त पक्राउ गरी कर्तव्य ज्यान तर्फ अनुसन्धान कारवाही अगाडी बढाइएको जनाइएको छ ।
प्रहरीका अनुसार, अभियुक्त मध्येका भागरित राउत अहिर मृतकको फुपाजु नातामा पर्ने र मृतकको मृत्यु पश्चात उनको बुवा तथा ठुलो बुवाको नाममा रहेको जग्गा जमिन लगाएतका सम्पत्तिको एक्लो हकदार हुने भएकोले सो जग्गा जमिनहरु आफ्नो बनाउने उद्देश्यले हत्या गरेको खुलेको हो ।
घटना गर्नुभन्दा २ दिन अघि अन्य अभियक्तहरुसँग भेटेर अभियुक्त अहिरले आर्थिक प्रलोभन मिली योजना बनाएको तथा भागरित राउत अहिरले अन्य अभियुक्तहरुलाई आर्थिक प्रलोभन देखाई घटनामा संलग्न गराएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…