भारतीयको पावर देखाउने भन्दै मोसामा राखेर भारततर्फ लैजादै गर्दा २ ईन्डियन पक्राउ
तँलाई भारतीयको पावर देखाउछु भारतमा पुगेपछि भनी गाली समेत दिन थालेको र उनिहरुसंग दुईतिन वटा बाईकमा केटाहरु पनि मैले देखेपछि आफू फसेको महसुस गरे ।

२०७७ माघ १३ मंगलबार, बिहान ११:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको सिमरा बिओपीले एक नेपालीलाई मोटरसाईकलमा राखी अपहरण शैलीमा भारततर्फ लैजादै गरेको अवस्थामा दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारतको जिल्ला सितामढी रामपथ पकरी कुवारी मदन ९ बस्ने अन्दाजी बर्ष १९ का अरबिन्द कुमार सहनी र सोही ठाउँ निवासी १८ बर्षिय राहुल कुमार यादव रहेको बिओपी सिमराले जनाएको छ ।
सर्लाही बिष्णु गाउँपालिका वार्ड न। २ पकडीगोठ बस्ने २८ बर्षिय धर्मेन्द्र राम लाई जबरजस्ती मोटरसाईकलमा राखी अपहरण शैलीमा भारत तर्फ लैजादे गरेको अवस्थामा नदिया पकडी स्थित सिमरा बिओपीबाट सशस्त्र प्रहरी बल हवल्दार टेक बहादुर लामिछानेको कमाण्डमा खटि गएको ४ जनाको पिकेट डिउटीले टोलिले बिआर ३० एस ७५२५ को मोटरसाईकल लाई रोक्न खोज्दा नरोकी अगाडी गई खेतमा पल्टदा मोटरसाईकल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन ।
दुवै भारतीय नागरिकहरु हाम्रो चिनजानको पिडित नेपाली धर्मेन्द्र राम ले बताए । आफू नजिकको टेलर्समा बिहेको लागि कपडा सिउन जादाँ भेटयो, दुवैजना मलाई बियर खाउनका लागि फोर्स गर्यो तर मलाई बिहेको कपडा सिलाउनु अति आवश्यक भएकाले मैले बियर खान जान तयार भएन ।
उनिहरुले बलजबदस्ती गर्न थालेपपछ उनिहरुसंग जान तयार भए । पसलमा पुग्दा बाईक नरोकी अगाडी बढाउदा मलाई शंका लाग्यो । मैले बाईक रोक्न जति भनेपनि बाईक नरोकी भारतर्फ लैजान अझ स्पिड गर्न थालेको बताए।
तँलाई भारतीयको पावर देखाउछु भारतमा पुगेपछि भनी गाली समेत दिन थालेको र उनिहरुसंग दुईतिन वटा बाईकमा केटाहरु पनि मैले देखेपछि आफू फसेको महसुस गरे ।
मैले सिमामा खटिएको सुरक्षाकर्मीलाई देख्दा हात मारी हल्ला गर्दा समेत बाईक स्पिड भएको कारण प्रहरीले समात्न नसकेपछि आफू बाईकको क्लच बेस्सरी थिच्दा मोटरसाईकल अनियन्त्रित भएर खेतमा पल्टेपछि नजिकै रहेको सुरक्षाकर्मीले उनिहरुलाई पक्राउ गरेको पिडित रामले बताए ।
मोटरसाईकल सहित ३ जनालाई नियन्त्रणमा लिई बिओपी सिमरामा ल्याई राखि थप कर्वाहीको लागि दुई जना भारतीय व्यक्ति सहित मोटरसाईकल लाई थप आवश्यक कार्वाहीको लागि सप्रनि विकास श्रेष्ठको कमाण्डमा ०७ जनाको टोलि सहित ईलाका प्रहरी कार्यालय गडहियामा लगिएको बिओपी सिमराले जनाएको छ ।
सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले दिएको जानकारी अनुसार हाल पक्राउ परेका भारतीयहरूलाई नेपाल प्रहरीलाई बुझाएको बताउनु भयो । के–कति कारणले नेपाली नागरिकले अपहरण शैलीमा भारत लगने प्रयास गरिरहेको थियो यसको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…