कर्तव्य ज्यान मुद्दाका फरार आरोपी ९ बर्षपछि पक्राउ
श्रीप्रसादलाई गोली हानी हत्या गरिएको भनेर जागेश्वर यादवको नाम नै किटान गरी जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएको थियो । सोही बखतदेखि फरार रहेका आरोपित यादव प्रहरीको खोजी सूचिमा रहेको थियो ।

२०७७ माघ ८ बिहीबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । कर्तव्य ज्यान मुद्दाका एक फरार आरोपित बुधबार पक्राउ परेका छन् । सिरहा प्रहरीले उनलाई झण्डै ९ बर्षपछि पक्राउ गर्न सफल भएको हो ।
वि.सं.२०६८ सालमा एक व्यक्तिलाई गोली हानेर हत्या गरेको मुद्दामा फरार रहेका धनुषाका जागेश्वर यादवलाई सिरहा प्रहरीले पक्राउ गरेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. २ राधापुर बस्ने यादव उपर सिरहाको धनगढीमाई नगरपालिका बस्ने श्रीप्रसाद साह सोनारलाई गोली हानी हत्या गरी फरार रहेको आरोप छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार आरोपित यादवलाई पक्राउ बुधबार फक्राउ गरी धनुषा प्रहरीलाई बुझाएको हो ।
२०६८ साल भदौ २७ गतेमा धनुषाको वीरेन्द्र बजार फुटबल खेल्न आएको बेला श्रीप्रसादलाई गोली हानी हत्या गरिएको आरोप उनकी श्रीमति सकुन्तला थापाले लगाएकी थिइन् । झण्डै ९ बर्षपछि यादवलाई सिरहाबाटै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्रेष्ठले जनाएको छ ।
धनुषाको भरतपुर बालुवाखोला नजिकको झाडीमा श्रीप्रसादको शव भेटिएको थियो । प्रहरीका अनुसार, श्रीप्रसाद आफ्नो घरबाट मोटरसाईकल चढेर बीरेन्द्रबजार फुटलब खेल्न गएको बेला भदौ २७ गतेदेखि नै बेपत्ता भएको थियो र सोही दिन हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । उनको शव हत्याको २ दिनपछि मात्र प्रहरीले फेला पारेको थियो ।
श्रीप्रसादलाई गोली हानी हत्या गरिएको भनेर जागेश्वर यादवको नाम नै किटान गरी जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएको थियो । सोही बखतदेखि फरार रहेका आरोपित यादव प्रहरीको खोजी सूचिमा रहेको थियो ।
प्रहरीका अनुसार, श्रीप्रसादको हत्यापछि मोटरसाइकल सहित उनको साथबाट केही नगद, सुनको औंंठी र सिकरी (चेन), मोबाईल समेत लुटेर लगेको थियो । उनलाई थप अनुसन्धान गरी आवश्यक कारावहीको लागि अदालत चढाइने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…