सउदीमा मृत्यूदण्डबाट बचेका 'उमेश यादव' डा. सिके राउतको जनमत पार्टीमा
जनमत पार्टीकी जिल्ला ईन्चार्ज अनिता साहको विशेष उपस्थिति र प्रमुख आतिथ्यमा भएको प्रथम वडा अधिवेशनको क्रममा उमेश यादवले आफू सिके राउत नेतृत्वको जनमत पार्टीमा जान ईच्छुक रहेको बताएपछि उनलाई पार्टीको सदस्यता दिइएको हो ।

२०७७ माघ ७ बुधबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सउदीमा एक पाकिस्तानी नागरिक हत्या अभियोगमा मृत्यू दण्ड पन्छाएर नेपाल फर्केका धनुषाका उमेश यादव डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
मँगलबार धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सामा सम्पन्न भएको जनमत पार्टीको प्रथम वडा अधिवेशनको क्रममा उमेश यादवले जनमत पार्टीको सदस्यता लिएका छन् । सउदीमा फाँसी सुनाइएका उमेशलाई गैर आवासीय मधेशी सँघले अथक सहयोग गरेको भन्दै जनमत पार्टीमा बस्ने निर्णय गरेको बताए ।
डा. सिके राउत सँस्थापक अध्यक्ष रहेको गैर आवासीय मधेशी सँघ (एनआरएमए) ले उनी सउदी जेलमा हुँदा उनलाई फाँसीबाट जोगाउन विभिन्न तवरले सहयोग गरेको उनले जनाए । उनले आफूलाई विभिन्न पार्टीले आ–आफ्नो तर्फ खिचातानी गरेपनि जनमत पार्टीमा स्वच्छाले गएको बताए ।
उनले बिदेशमा जेलमा हुँदा पनि डा. सिके राउतको बारेमा धेरै सुनेको तथा यहाँ आएपनि उनको बारेमा र उनको छवीको बारेमा सुनेपछि जनमतमा जाने निर्णय गरेको बताए । प्रदेशमा मधेशीहरुको साथी बनेर विगत ११ बर्षदेखि निरन्तर साथ रहँदै आएको गैर आवासीय मधेशी सँघले उमेश बचाउनको लागि रकम सँकलनदेखि अन्य विभिन्न कार्यमा सहयोग गरेको दाबी गरेको छ ।
जनमत पार्टीकी जिल्ला ईन्चार्ज अनिता साहको विशेष उपस्थिति र प्रमुख आतिथ्यमा भएको प्रथम वडा अधिवेशनको क्रममा उमेश यादवले आफू सिके राउत नेतृत्वको जनमत पार्टीमा जान ईच्छुक रहेको बताएपछि उनलाई पार्टीको सदस्यता दिइएको हो ।
जनमतका धनुषा जिल्ला अध्यक्ष ईन्द्रजीत यादवको अध्यक्षता सम्पन्न भएको सो वडा अधिवेशनबाट कमला नगरपालिका वडा नं. ३ मा समिति गठन गरिएको हो । कमला नगरपालिकाको विभिन्न वडाहरुमा जनमत पार्टीका नेता कार्यकर्ताहरु सक्रिय भएका छन् भने अन्य विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरु भित्रैभित्र डा. सिके राउतको पार्टीमा प्रवेश गर्न थालेका छन् ।
#Umesh_Yadav #Dr._Ck_raut #Janmat
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…