जनकपुरः चोरी भएको २ वटा मोटरसाईकल प्रहरीले खोजेर मालिकलाई बुझाए
विदेह नगरपालिका वडा नं. १ वस्ने विरेन्द्र राउतको ज. ९. प. ९२४७ नम्बरको हिरो स्पलेण्डर मोटरसाईकल हराएको

२०७७ माघ ४ आइतबार, राति १०:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न समयमा चोरी भएको दुई वटा मोटरसाईकल खोजेर मोटरसाईकल धनीलाई बुझाएको छ ।
गत पुस २८ गते दिउँसो अन्दाजी करिब ३ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ किशोरीटोलबाट स्थानीय मो. आतिफकोे ज ६ प ९३९२ नम्बरको अपाचे मोटरसाईकल चोरी भएको थियो ।
मोटरसाईकल चोरी भएको खवर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाको टोली सक्रिय भएको थियो । सोही क्रममा प्रहरीले खोज तलास गर्दै जाँदा माघ २ गते शुबार करिब १२ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ स्थित बेँगाशिवपुर वेङगा सडक खण्डबाट बेबारिसे अवस्थामा फेला पारेको हो ।
वडा प्रहरी कार्यालय रेल्वे स्टेशनबाट खटि गएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारेको थियो । यसका साथै, सोही दिन करिब ७ बजेको समयमा जनकपुरको वडा नं. ९ रूकमनिसर पोखरी स्थितबाट जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. १ वस्ने विरेन्द्र राउतको ज. ९. प. ९२४७ नम्बरको हिरो स्पलेण्डर मोटरसाईकल हराएको थियो ।
प्रहरीले खोजतलास गर्दै जाँदा माघ २ गते नै करिब राती ९ बजेको समयमा जनकपुरको वडा नं. ९ स्थित मधेश भवन ३ नं. गेट अगाडीबाट फेला पारी आईतबार सवारी धनीहरुलाई बुझाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…