विद्यालयस्तरीय प्रतियोगितामा गौरी स्कूल अग्रस्थानमा
न्यूज ब्यूरो || जनकपुरधाम, २ फागुन । जनकपुरको न्यू लाईफ स्कुलले आफनो ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको व्याडमिन्टन प्रतियोगीतामा अग्र स्थानमा रहेको छ । बुधबार सम्पन्न पाँच खेलमध्ये दुई खेलमा आयोजक टिमले विजयी हाँसिल गरेको छ भने बांकी तीन खेलमा अन्य विद्यालयले जीतेका छन् । प्रथम खेलमा आयोजक टिम

२०७४ फागुन २ बुधबार, दिउँसो १:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ फागुन । जनकपुरको न्यू लाईफ स्कुलले आफनो ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको व्याडमिन्टन प्रतियोगीतामा अग्र स्थानमा रहेको छ ।
बुधबार सम्पन्न पाँच खेलमध्ये दुई खेलमा आयोजक टिमले विजयी हाँसिल गरेको छ भने बांकी तीन खेलमा अन्य विद्यालयले जीतेका छन् ।
प्रथम खेलमा आयोजक टिम र गौरी स्कुलबीच भएको प्रतियोगितामा आयोजक टिमका सोहैल खान विजयी भएका हुन भने दोस्रो अन्तर्गत चाईल्ड केयरबीचको खेलमा पनि आयोजक टिमबाट दीपेन्द्र कापर विजयी भएका हुन् ।
तेस्रो खेल अन्गर्तत गौरी स्कूल र मिथिला मन्टेश्वरी भिडेपछि गौरी स्कुलकी रंजना मुखिया विजयी भएकी छन् भने मन्टेश्वरीकी नेहा पूर्वे पराजीत भएकी हुन् ।
चौथो खेल अन्तर्गत पहिलो सेमी फाईनलमा मिथिला मन्टेश्वरीबाट ईशिका यादव र गौरी स्कुलबाट बन्दना मण्डल भिडेकोमा मिथिला मन्टेश्वरीकी ईशिका यादव जीत हाँसिल गरेकी हुन् ।
आजको अन्तिम खेलमा केटातर्फ सेमिफाइनलमा आयोजक टिमबाट अमर पंडित र गौरी स्कुलबाट अनिल साह जुधेका थिए । खेलमा गौरी स्कुलका अनिल साह विजयी भएको विद्यालयका शिक्षक श्रवण कुमार साहले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…