'राजाराम यादव' ओलीको पाल्तु : युवा नेता यादव
अडियो लिक भएपछि राजाराम यादवलाई कसैले नेपाली काँग्रेसको कार्यकर्ता भएर जसपामा भाँडभैलो गर्न खोजेको भन्दै आरोप लगाएका छन् भने कसैले केपी ओलीको नेकपाको सुराकी गर्ने गरेको आरोप लगाएका छन् ।

२०७७ माघ ३ शनिबार, दिउँसो १:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका सिरहाका एक नेतलाई सोही पार्टीका एक युवा नेताले केपी ओलीको पाल्तु भएको आरोप लगाएका छन् ।
जनता समाजवादी पार्टीका पार्षद सदस्य एवम् युवा नेता नविन कुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग अभ्रद तवरले टेलिफोन कुराकानी गरी पार्टी भित्रै द्धन्द्ध फैलाउन चाहेको आरोप लगाएका छन् ।
उनले शनिबार आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोन मार्फत सिरहामा कालो झण्डा देखाउने जस्ता धम्की दिने व्यक्ति जसपाको नभएर केपी ओलीको पाल्तु भएको लेखेका छन् ।
उनले –“पार्टी अध्यक्षलाई पनि अमर्यादित, अनुशासनहिन तरिकाले प्रस्तुत हुने मान्छे जसपाको कार्यकर्ता हुनै सक्दैन र पक्कै पनि ओलिको पाल्तु गुण्डा हुनुपर्छ। यस्तालाई हामी कारबाही गर्दै मधेस बाट लखेट्नु पर्छ।”– उनले लेखेका छन् ।
शुक्रबार विभिन्न सँचार माध्यमहरुमा जसपाका अध्यक्ष उपेन्द्र यादवले तत्कालिन राजपाका सिरहाका नेता एवम् राजपाको मजदुर सँगठनका अध्यक्ष समेत रहेका राजाराम यादवले टेलिफोन रेकर्ड सार्वजनिक गरेपछि अहिले अझै विवाद चुलिएको छ ।
माघ ३ गत (आज) को पूर्व निर्धारित समय अनुसार सिरहामा गरिने भएको विरोध सभामा उपेन्द्र यादवलाई कालो झण्डा देखाउने भन्दै फोन मार्फत भनेका थिए । यादवले तत्कालिन राजपाका अध्यक्ष एवम् वर्तमान जनता समाजवादी पार्टीका नेता तथा पूर्व साँसद राजकिशोर यादवलाई आसन ग्रहण एवम् बरियताको लागि तल राखेको भन्दै विरोध जनाएका थिए ।
अडियो लिक भएपछि राजाराम यादवलाई कसैले नेपाली काँग्रेसको कार्यकर्ता भएर जसपामा भाँडभैलो गर्न खोजेको भन्दै आरोप लगाएका छन् भने कसैले केपी ओलीको नेकपाको सुराकी गर्ने गरेको आरोप लगाएका छन् ।
श्रोतका अनुसार, राजाराम यादव तत्कालिन जसपा देखि लिएर बर्षौदेखि राजकिशोर यादवको निकटम व्यक्तिको रुपमा रहँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…