जनकपुरका उमाशंकर पँजीयार प्रहरीको SSP मा बढुवा भएपछि बधाईको ओइरो
यसका साथै, काठमान्डौं स्थित अपराध महाशाखामा समेत सेवा दिएका पँजीयारलाई नेपाल प्रहरी जनपद समूह तर्फको बढुवाको लागि गत पुस २९ गते सिफारिसमा परेपछि विभिन्न स्तरबाट बधाईको ओइरो लागेको हो ।

२०७७ माघ १ बिहीबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्ला निवासी उमा शंकर पंजीयार नेपाल प्रहरीको एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) मा बढुवा भएपछि बधाईको ओइरो लागेको छ ।
प्रदेश नं. ३ को सिन्धुली जिल्लामा क्राईम ब्रान्चदेखि प्रदेश नं. २ को प्रहरीमा समेत सेवा दिएका पँजीयारले विगत ७ महिनादेखि सिरहामा एसपी (प्रहरी उपरीक्षक) भएर कार्यरत रहँदै आएकोमा एसएसपीमा बढुवा गरिएको हो ।

# रिपोर्टिँगको क्रममा जिप्रका सिरहाका एसपी भएको बेला उमाशंकर पँजीयारसँग न्यूज ब्यूरोका सिरहा सहकर्मी सबिन्द्र यादव (दाँया)
यसका साथै, काठमान्डौं स्थित अपराध महाशाखामा समेत सेवा दिएका पँजीयारलाई नेपाल प्रहरी जनपद समूह तर्फको बढुवाको लागि गत पुस २९ गते सिफारिसमा परेपछि विभिन्न स्तरबाट बधाईको ओइरो लागेको हो ।
अपराध महाशाखा, सिन्धुलीको क्राईम ब्रान्च, प्रदेश प्रहरी जनकपुरधाम देखि सिरहा जिल्ला प्रहरीमा समेत कुशल भूमिका निर्वाह गरेका पँजीयारलाई प्रहरी नियमावली २०७१ (सँशोधन सहित) नियम २७ को उप नियम (४) बमोजिमको प्रावधान अनुसार एसपीबाट एसएसपीमा बढुवा गरिएको हो ।
उनलाई उनको कार्य कौशलता, सुरक्षाको प्रत्याभूमि तर्फको कुशलता, कुशल भूमिका निर्वाह गरेको एसएसपीमा बढुवा गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…