जिउँदो माछाको माग बढदैछ : मन्त्री साह
उनले यहाँको माछा भारतसम्म समेत निर्यात हुने अवस्थामा पनि भारतबाटै माछा आउनु यहाँको माछा कतिको कम उत्पादन भएको र माग कतिको बढी भएको दर्साएको उल्लेख गरे । उनले प्रदेश २ को बारा, र धनुषाको शहिदनगरमा रहेको माछा सुपरजोनको क्षमता अझै बढाउन सके मधेशलाई माछाले नै धान्न सकिने बताए ।

२०७७ पुस २९ बुधबार, राति ९:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले जिउँदो माछाको माग जनकपुरदेखि काठमान्डौंसम्म मात्र नभएर देशको विभिन्न स्थानमा बढदै गएको बताएका छन् ।
जिल्ला मत्स्य सहकारी संघ लि जनकपुरधामको ७ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री साहले प्रदेश नं. २ को विभिन्न स्थानमा रहेको माछा जोनको माछा उत्पादनले देशको विभिन्न कुनामा पुग्ने गरेको जीकीर गरे ।
जिल्ला मत्स्य सहकारी संघ लि. को अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा मन्त्री साहले यहाँ उत्पादित जिउँदो माछा पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, पोखराका साथै काठमाडौंसम्म बिक्री हुँदै आएको बताए ।
मन्त्री साहले “माछा सुपर जोन” का लागि आएको बजेट कहाँ गयो ? भनि संघीय सरकालाई प्रश्न गर्दै संघीय सरकारले ल्याएको प्रधानमन्त्री कृषि आधुनिक योजना मार्फत माछा सुपर जोनका लागि आएको करोडौं बजेटको योजनाप्रति प्रश्न उठाए ।
सहकारी विभाग अन्तर्गत प्रदेश २ भित्र एक मात्र कर्मचारी र सात हजार सहकारी रहेकाले त्यसलाई अनुगमन, ऐन र प्रवर्द्धन गर्न असम्भव रहेको मन्त्री शैलेन्द्र प्रसाद साहले बताए ।
मन्त्री साहले भने–“प्रदेश सरकारको अहिले फाउन्डेसन तयार भइरहेको छ ।”
अध्यक्षता गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला मत्स्य सहकारी संघ लि. को अध्यक्ष संजय कुमार साहले माछा उत्पादनबाटै मगन्य आम्दानी गरिरहेको प्रति औल्याए । उनले तराई मधेशका किसानहरुलाई माछा उत्पादनमा पनि ध्यान दिन सके आर्थिक अवस्था बलियो हुने विश्वास दिलाए ।
उनले यहाँको माछा भारतसम्म समेत निर्यात हुने अवस्थामा पनि भारतबाटै माछा आउनु यहाँको माछा कतिको कम उत्पादन भएको र माग कतिको बढी भएको दर्साएको उल्लेख गरे । उनले प्रदेश २ को बारा, र धनुषाको शहिदनगरमा रहेको माछा सुपरजोनको क्षमता अझै बढाउन सके मधेशलाई माछाले नै धान्न सकिने बताए ।
कार्यक्रममा जसपाका नेता एवम् प्रदेश सभा सदस्य प्रमेश्वर साहको बिशिस्ट अतिथि, सहकारी अभियन्ता रामबाबु यादब ,राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादब , देशकै बहुचर्चित कृषि माछा उत्पादन गर्ने सहकारीकर्मी मथुरा मणडल ,समाजिक अभियन्ता तथा नेपाल लाईफ कम्पनीको जनकपुरधाम शाखा एजेन्सी मैनेजर प्रमेश्वर साह ,जनकपुर जेसिजका अध्यक्ष तथा सहकारीकर्मि मनोज कुमार साह , जनता समाजवादी पार्टीका नगर अध्यक्ष राम चन्द्र पजियार ,युवा अभियन्ता ललन कुमार नायक, ओम प्रकाश साह, सहकारीकर्मी आनन्द झा ,महिला नेत्री बिमला साह सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…