दुबईको अलकुज १ मा पनि गैर आवासीय मधेशी सँघको शाखा सँगठन विस्तार 

२०७७ पौष २७ सोमबार
रति ८:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, दुबई । परदेशमा मधेशीहरुको साथी बनेर विगत ११ देखि मधेशीहरुको साथ रहेका गैर आवासीय मधेशी सँघले दुबईमा आफ्नो शाखा सँगठन विस्तार गरेको छ । 

विदेशमा बस्ने मधेशीहरुको छाता सँगठनको रुपमा रहेको गैर आवासीय मधेशी सँघले दुबईको अलकुज १ मा शाखा सँगठन विस्तार गरेको हो । डा. सिके राउत सँस्थापक रहेको सो सँगठनको सन् २०१० मै स्थापना भइ मधेशीहरुको हकहितको लागि निरन्तर काम गर्दै आएको छ । 

हाल सम्म गैर आवासीय मधेशी सँघले विश्वसको ४६ वटा देशहरुमा आफ्नो शाखा विस्तार गरिसकेको संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष ईन्जिनियर बसन्त कुशवाहाले बताए । सँगठन विस्तारको लागि युएई दुबईका अध्यक्ष ईन्जिनीयर सँजय कर्णको विशेष उपस्थिति रहेको थियो । 

युएईमा यस संस्थाको बिस्तार सन २०१४ देखि शुरु भएको थियो । संस्थाको शाखा अबुधाबी, अजमान, अल ऎन, दुबई, डि. आई.पि., डि.आई. सि., जबेलअलि, सारजाह,सोनापुर, रासअलखेमा एवम् फुजेराहमा पनि राखिएको छ । 

८ जनवरी २०२१ शुक्रवारको दिन गैर  आवासीय मधेसी संघ युएईले दुबईको अलकुजमा हाललाई ३४ जना कार्यसमिति रहने गरि गैर आवासीय मधेसी संघ दुबईका उपाध्यक्ष जग नारायण मण्डलको सन्योजकत्वमा  संस्थाको शाखा संगठन बिस्तार गरिएको छ ।

विस्तारिक समितिको अध्यक्षमा सतेन्द्र यादव, उपाध्यक्षमा दिपेश, अर्का उपाध्यक्षमा प्रदीप महरा र रामपुकार मण्डल रहेका छन् । समितिको सचिवमा भवेश झा, सह सचिवमा श्याम साबरिया, कोषाध्यक्षमा मनोज यादव र सह कोषाध्यक्षमा सुरेश यादव रहेका छन् । 

यस्तै, समितिको सदस्यहरुमा मोहमद नशुभ, रघुबिर मुखिया, साचिन राउत , सविन मेह्ता, बिकाश कुमार ठाकुर ,राजेश मेह्ता,राजा राम, बसन्त मण्डल, श्याम सुन्द्रा , राम चरित, तुल्शी प्रसाद, बिजय यादव जितेन्द्र यदव्सु, रेश महरा, मन्दीर मेह्ता, बिकश यदाब , अजय यादव , जितेन्द्र यादव, राकेश कापर, सरोज यादव , शम्भु साह, राम्नथ्, राम बेच्न् लगायतका रहेका छन् ।

सुरेश यादव र राधेश्याम यादवल सल्लाहकारको रुपमा चयन गरिएको छ ।
 

  • 20%
  • 0%
  • 0%
  • 20%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७७ पौष २७ सोमबार

Bureau Menus