सँसद परिसरमा ट्रम्पका समर्थकद्धारा धावा, १ जनाको मृत्यू, १५ दिने इमेरन्जी लागू !

यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको थियो ।

२०७७ पौष २३ बिहीबार
बिहान १०:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, अमेरिका । अमेरिकाको वासिङ्टन डिसीमा रहेको क्यापिटल हिल बिल्डिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले कब्जा गर्ने प्रयास गरेपछि १ जनाको मृत्यू भएको छ । 

यद्यपी, भारतीय मिडिया आजतकले भने सो क्रममा ४ जनाको मृत्यू भएको दाबी गरेको छ । वासिँटन डिसी पोष्टले भने फायरिँगमा १ जना महिलाको गोली लागेर मृत्यू भएको तथा केही जना घाईते भएको बताइएको छ । 

डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम दिन रहेको बेला उनका समर्थकहरुले वासिँग्टन डिसीमा रहेको क्यापिटल हिल बिल्डीँगमा चढाई गरेका थिए । उनीहरु हतियार सहित भित्र पसेर सो बिल्डीँगलाई कब्जा गरेको थियो । 

स्थिति हिंस्रक बनेपछि बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्म कर्फ्यू लागू गरिएको छ । क्यापिटल हिल भवन, संयुक्त राज्यको संसद भवन हो ।

यस हिंस्रक प्रयासलाई राष्ट्रपति ट्रम्पले ‘कू’ को प्रयास गरेको डेमोक्रेटिकका साथै रिपलब्लिकन सांसदहरुले समेत आरोप लगाएका छन् ।

मिट रम्नीले ट्रम्प स्वार्थी व्यक्ति भएको बयान दिए । ट्रम्पले लगातार धाँधलीको आरोप लगाउँदै चुनावको नतिजामाथि प्रश्न उठाउँदै आएका थिए । डोनाल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हंगामा सुरु गरिदिए । 

यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको थियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो । सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे ।

यसका कारण बहस बीचमा नै रोक्नुपरेको थियो।डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहँदा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भएको थियो । स्थिती अनियन्त्रित भएपछि २७ सय नेशनल गार्डलाई क्यापिटल पठाइको छ।

 
  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७७ पौष २३ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus