साना किसानद्वारा युवा रोजगार तर्फ अगाडी बढनुपर्छ : मेयर मण्डल
कार्यक्रममा साना किसान कृषि सहकारी प्रदेश अध्यक्ष रामकुमार महतो ,बोर्ड अफ ड्यारेकटर रबिन्द्र यादव ,इलाका प्रबन्धक ,वडा नं ३ का अध्यक्ष राजकिशोर साह, सामजसेवी रामबाबु यादव, संस्थाका व्यवस्थापन समिति सदस्य, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

२०७७ पुस १८ शनिबार, राति ८:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले एक कार्यक्रमबीच युवा रोजगार लगायत आर्थिक उन्नतिको बाटो लागि साना किसान संस्था लाभदायक हुन सक्ने जिकिर गरेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका रहेका धनुषाधाम साना किसान कृषि सहकारी संस्थाले आफनो १३ औं वार्षिक साधारणसभा सहित नयाँ भवन उद्घाटन कार्यक्रममा मेयर मण्डलले सो कुरा बताएका छन् ।
सहकारी संस्थाका अध्यक्ष सत्यदेव सिंह दनुवारको अध्यक्षता मेयर मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मेयर मण्डलले साना किसान सँस्था मार्फत नगरका युवाहरुलाई नयाँ रोजागरीको बाटो खोल्न आग्रह गरे । उनले स्वरोजगारको लागि साना किसान सँस्था लाभदायी हुने बताए ।
कार्यक्रममा मेयर मण्डलले साना किसानमा १ करोड बढिको लागतमा भवन निर्माण गरिएकोमा हर्ष व्यक्त गर्दै कर्मचारी टोलिलाई धन्यवाद दिए । साथै साना किसान माध्यमले आवद्ध किसानहरु आर्थिक उन्नति लागि कृषिमा ऋण लिए पछि ऋण कृषिमा प्रयोग गर्दा राम्रो प्रगति हुने बिश्वास राखे ।
नगरपालिकाबाट भवनमा १० लाख गरेको सहयोग संगै अझै बिज भण्डार संचालन गर्न पालिका सहयोग गर्ने विश्वास समेत दिए ।
कार्यक्रमको बिशिस्ट अतिथिको आसनबाट बोल्दै नगर उप प्रमुख बिध्या देवि भुजेलले साना किसानमा प्राय महिलाको सहभागीता देख्दा खुसी महसुस गर्दै यस मार्फत नगरपालिका बाट हुने हरसम्भव सहयोग गर्ने विश्वास व्यक्त गरे । संगै किसान लाई खाचो भएको सामग्रीहरु उपलब्ध गराउन सुझाव समेत दिए ।
कार्यक्रममा संस्थाको प्रबन्धक प्रेमनारायण यादव द्धारा आ.व. २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार संस्थाले प्राप्त गरेको उपलब्धि तथा गतिविधि बारे प्रकाश पारे जानकारी गराईएको ।
कार्यक्रममा साना किसान कृषि सहकारी प्रदेश अध्यक्ष रामकुमार महतो ,बोर्ड अफ ड्यारेकटर रबिन्द्र यादव ,इलाका प्रबन्धक ,वडा नं ३ का अध्यक्ष राजकिशोर साह, सामजसेवी रामबाबु यादव, संस्थाका व्यवस्थापन समिति सदस्य, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रममा उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणी तथा कर्मचारी लगायत उपस्थित अतिथीहरुलाई सम्मान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…