बसको ठक्करबाट एकको मृत्यू, दुई घाइते
न्यूज ब्यूरो || सुनसरी, १ फागुन । बसले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यू भएको छ भने दुई जना घाईते भएको छ । सुनसरीको दुहवीमा आज बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । विहान करिब ८ बजेतिर ईटहरीबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ९८६० नम्बरको बसल

२०७४ फागुन १ मंगलबार, राति ९:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
सुनसरी, १ फागुन ।
बसले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यू भएको छ भने दुई जना घाईते भएको छ ।
सुनसरीको दुहवीमा आज बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
विहान करिब ८ बजेतिर ईटहरीबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ९८६० नम्बरको बसले दुहवी नगरपालिका ३ ट्राफिक पोष्ट अगाडी बाटो काट्दै गरेका साइकलयात्री र अन्य दुई जना पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
बसको ठक्करबाट सुनसरी बराह नगरपालिका ६ बस्ने ५५ वर्षीय डेगराज रिजालको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो।
सोही बसले ठक्कर दिएर घाइते भएका बराह(६ बस्ने ३० वर्षीय सन्तोष कोईरालाको गोल्डेन अस्पताल र साइकलयात्री दुहवी नगरपालिका ४ बस्ने १७ वर्षीय रविन चौधरीको न्युरो अस्पतालमा उपचार भई रहेको छ।
ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिई राखेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…