धनुषाधाममा प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगिता, जित्नेलाई १ लाख पुरस्कार
खेलको क्रममा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था सहित विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । म्यान अफ दी म्याय, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर लगायतलाई पनि पुरस्कार दिइने छ ।

२०७७ पुस १८ शनिबार, बिहान ११:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।
धनुषाधाम नगरपालिकाको सहकार्य र धनुष शान्ति समाज युवा क्लबको समन्वयमा आगामी पुस २२ गतेदेखि प्रदेशस्तरीय मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।
खेलमा जिल्लाबाट १ ओटा टिम गरि जम्मा ८ ओटा टिम सहभागी गराईने क्लबका अध्यक्ष लक्ष्मी साहले जानकारी दिए ।
“जिल्लामा ठूलो धनराशी भएको प्रतियोगिता हो । खेलमा प्रथम हुने टिमलाई १ लाख ११ हजार १११ रुपैयाँ दिइनेछ भने दोस्रो हुनेलाई ५५ हजार ५५५ पुरस्कार राखिएको छ । खेल ग्राउन्ड धनुष जनता उच्च माध्यमिक बिधालय धनुषाधाममा हुने साहले बताए
खेलको क्रममा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था सहित विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । म्यान अफ दी म्याय, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर लगायतलाई पनि पुरस्कार दिइने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…