मन्त्री यादवद्धारा भलिबल प्रतियोगिताको उदघाटन
शुभकामना मन्त्वय क्रममा रास्ट्रय भलिबल खेलकुद प्रदेश २ का प्रशिक्षक भरत यादवले खेलमा सहभागी खेलाडीहरु भलिबल संघ निर्देशन अनुसार खेलाउने जानकारी गराएको छ । कार्यक्रममा बिशिस्ट अतिथि प्रदेश सांसद चमेली देवि दास, जिल्ला समन्वय समिती सभापती रामदेव बनरैट यादव,जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह, प्रमुख प्रशासकिय अधिकृत राम लोचन मण्डल ,लेखा अधिकृत नेत्रचन्द लुङ्गेली, लगायत शुभकामना म

२०७७ पुस १६ बिहीबार, राति ९:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा प्रथम मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगितालाई प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उदघाटन गरेका छन् ।
हँसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डलको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यमा बिहिबारदेखि सुरु भएको प्रथम मेयर कप भलिबल प्रतियोगिताको उदघाटन गरिएको हो ।
सो क्रममा मन्त्री यादवले प्रदेश सरकार यथाशिघ्र खेलकुदको कानुन बनाई खेलकुद क्यालेन्डर बनाउनेतर्फ अगाडि बढिसकेको बताए । खेलकुद नाम र दुबै दिने गरेको बताउँदै उनले जो खेलाडी राम्रो गरिन्छ भन्ने त्यस खेलाडी नाम चर्चित बन्छन् बताए । उनले सार्क खेलमा सहभागी उत्कृष्ट खेलाडीलाई पनि प्रदेश स्थापना दिवसमा सम्मान गरिने बताए ।
खेलकुदको माध्यमले उच्च स्तर पाउने बाटो भेटाउछ त्यसले खुलकुदमा चासो बढाउनु पर्ने बताउँदै उनले खेलकुदमा राम्रो हुँदा पनि खाडी मुलक जानू पर्ने अवस्था रहेकोमा यसलाई रोक्ने प्रयासमा लाग्न आग्रह गरे ।
कार्यक्रममा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले खेलाडी पलायनलाई रोक्नको लागि हामी जनप्रतिनिधि अग्रसर हुनु पर्ने बताए ।
सो क्रममा हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले केही दिनभित्रै नगरपालिकास्तरीय खेल मैदान बनाउने बताए । २०५४ साल देखि निर्वाचन ७४ सालमा भएपछि स्थानीय स्तरमा प्राथमिकता दिए खेलकुदमा प्राथमिकता बढने भन्दै खेलकुद प्रती मार्गदिशा बढनेमा विश्वास व्यक्त गरे ।
प्रतियोगिताको पहिलो खेल अन्दुपट्टी र कटरैबीच भएको थियो भन्ने फाईनल खेल २१ गते हुने जानकारी समेत दिएका थिए ।
शुभकामना मन्त्वय क्रममा राष्ट्रिय भलिबल खेलकुद प्रदेश २ का प्रशिक्षक भरत यादवले खेलमा सहभागी खेलाडीहरु भलिबल संघ निर्देशन अनुसार खेलाउने जानकारी गराएको छ ।
कार्यक्रममा बिशिस्ट अतिथि प्रदेश सांसद चमेली देवि दास, जिल्ला समन्वय समिती सभापती रामदेव बनरैत यादव,जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह, प्रमुख प्रशासकिय अधिकृत राम लोचन मण्डल ,लेखा अधिकृत नेत्रचन्द लुङ्गेली, लगायत शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको जिल्ला भलिबल प्रशिक्षक श्री प्रसाद यादवले उदघोषण गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…