माछाले पनि मधेश धानेको छ : नेता साह
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला मत्स्य सहकारी केन्द्र लिमिटेडका अध्यक्ष सँजय कुमार साहले माछाले मधेश धानेको बताएका छन् । विश्व माछा दिवसको अवसरमा जनकपुरमा आयोजना गरिएको एक कार्यक्रमबीच नेता साहले मधेशको विभिन्न जिल्लामा हुने माछा पालनले पनि मधेशमा आर्थिक

२०७७ पुस १६ बिहीबार, राति ८:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला मत्स्य सहकारी केन्द्र लिमिटेडका अध्यक्ष सँजय कुमार साहले माछाले मधेश धानेको बताएका छन् ।
विश्व माछा दिवसको अवसरमा जनकपुरमा आयोजना गरिएको एक कार्यक्रमबीच नेता साहले मधेशको विभिन्न जिल्लामा हुने माछा पालनले पनि मधेशमा आर्थिक समृद्धिमा टेवा पुगेको बताए ।
उनले प्रदेश नं. २ को बारा जिल्ला र धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ ननुपट्टि स्थित रहेको माछा सुपरजोन सहित ८ वटै जिल्लामा हुने माछा पालनले कृषिमा आत्मनिर्भर बनेको बताए ।
कम लगानी र मेहनतमा पर्याप्त आम्दानी हुने भएपछि माछापालनतर्फ किसानको आकर्षण बढेको बताउँदै नेता साहले माछापालनसँगै समग्र कृषि उत्पादनमा सिङ्गो देश नै आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताए ।
विश्व माछा दिवस जनकपुरधाममा धुमधामको साथ मनाइएको छ । प्रत्येक बर्ष अग्रेजी महिनाको डिसेम्बर ३१ तारिखका दिनमा विश्व भर विश्व मत्स्य दिवस मनाउदै आइएको हो ।
साहकै अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा वक्ताहरुले माछा पालन र माछा पालनले दिएको आर्थिक आम्दानीको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम चर्चित सहकारी अभियन्ता रामबाबु यादब ,राष्ट्रिय सहकारी बैंक का संचालक धुर्ब नारायण यादबको बिशेष उपस्थितिमा भएको थियो ।
सोही क्रममा देशकै बहुचर्चित कृषि माछा उत्पादन गर्ने सहकारीकर्मी मथुरा मणडल ,समाजिक अभियन्ता तथा नेपाल लाईफ कम्पनी को जनकपुरधाम शाखा को एजेन्सी मैनेजर प्रमेश्वर साह,जनता समाजवादी पार्टी का युवा नेता सिताराम यादब, युवा अभियन्ता ललन कुमार नायक, जनकपुर जेसिज का महासचिव तथा सहकारीकर्मि मनोज कुमार साह , ओम प्रकाश साह, सहकारीकर्मि आनन्द झा ,महिला नेत्री बिमला साह,संतोष कुमार कारक सहित बिभिन बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मत्स्य सम्बन्धी यहाँ उत्पादित जिउँदो माछा जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, पोखरा, काठमाडौंसम्म बिक्री हुँदै आएको उत्कृष्ट माछा ब्यापारी मथुरा मण्डलले बताएका थिए।
उनले नेपालमै कृषि पेशा गरेर नै करोडौँको मनग्ये आम्दानी गर्नेहरु पनि रहेको थपे । देशभित्र कृषि ब्यवसाय गरी यही कुरालाई मध्य नजर गर्दै अध्यक्ष साहले बिशिस्ट ब्याक्तीहरुलाई सम्मान पनि गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…