सिरहाका सभासद 'दास' भारतीय नागरिक (प्रमाण सहित)
भारत निर्वाचन आयोगले पहचान पत्र क्रमाँक नम्बर IAG0373183 देखाएको छ भने घर नम्बर ३७ तथा उमेर ५४ वर्ष उल्लेख गरेको छ ।

२०७४ फागुन १ मंगलबार, राति ८:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
नेपाल, १ फागुन । नेपालकै एक प्रतिनिधिसभा सदस्य दोहोरो नागरिक भएको आधारहरु फेला परेको छ ।
न्यूज ब्यूरोले थालेको अपरेशनमा प्रदेश नं. २ सिरहाका एक सभासद दोहोरो नागरिक भएको प्रमाणहरु फेला परेको छ ।
सिरहा निर्वाचन क्षेत्र नं. २ बाट बाम गठबन्धनका नेकपा माओवादी केन्द्रबाट यसपालिको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका सुरेशचन्द्र दास यादव भारतीय नागरिक समेत भएको केही प्रमाणहरु फेला परेको छ ।
यसपालिको प्रतिनिधिसभा निर्वाचनमा उनले २० हजार १ सय ४८ मत प्राप्त गरी विजयी भएका हुन् ।
यादवको भारतीय नागरिक हुने आधार कार्ड, मतदाता सूचिमा नाम, पिताका नाम समेत फेला परेको छ ।

को हुन नेता सुरेशचन्द्र दास (यादव) ?
सिरहाको सीमावर्ती औरही गाउँपालिका –५, स्थायी घर भएका ६१ वर्षीय सुरेशचन्द्र दास यादवले लामो समय कांग्रेसमा रहेर राजनीति गर्नुभएको हो ।बाबु देवनाथ दास यादवको बिरासत थाम्दै राजनीतिमा आएका पूराना र अनुभवी नेता मानिने दास कात्तिक १६ गते उम्मेदवारी दर्ता गर्नुभन्दा चार दिनअघि मात्र माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो ।
राणा शासनको अन्त्यपछि २०१५ सालमा भएको आम निर्वाचनमा तत्कालीन सप्तरी जिल्लाबाट (२०१८ अघि सिरहा– सप्तरी एउटै जिल्ला थियो) दासका बाबु देवनाथले देशभरमै सबैभन्दा बढी मत ल्याएर चुनाव जित्नु भएको थियो ।
निरंकुश पञ्चायती व्यवस्था सुरु भएपछि भारतको दरभङ्गामा निर्वासनमा रहेका बेला बाबुसँगै उतै बसेका सुरेशले पनि त्यति बेलैदेखि राजनीतिप्रति चासो लिन थाल्नु भएको थियो ।
भारत निर्वासनको लामो बसाइपछि नेता वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि दास बाबुछोरा पनि नेपाल फर्किनु भएको थियो ।
२०४८ सालमा भएको आम निर्वाचनमा सिराहाको क्षेत्र नम्बर ३ बाट चुनाव लडेका उहाँ जिल्लामै सबैभन्दा बढी मत ल्याएर विजयी हुनु भएको थियो ।
२०५१ सालको मध्यावधि चुनावमा पुनः त्यही क्षेत्रबाट चुनाव जितेका दास २०५२ सालमा शेरबहादुर देउवाको सरकारमा स्वास्थ्य मन्त्रीसमेत हुनुभयो ।
जीवनको लामो कालखण्ड कांग्रेसमा बिताएका दास यो चुनावमा भने वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य भएको हो ।
कसरी दोहोरो (दुई देश) को नागरिक ?
भारत सरकारको 'भारत निर्वाचन आयोग' ले सूचिकृत गरेको मतदाता नामावलीमा भारत विहार राज्यको दरभँगा जिल्लाको मिसरटोला अँकित गरिएको स्थानबाट यादव पनि मतदाता रहेको प्रष्ट छ ।
भारत निर्वाचन आयोगले दास यादव लाई दरभँगा जिल्लाको मिथिला साहित्य परिषद् मिसरटोला मतदान केन्द्र छुटयाइएको छ ।

मतदाताको वावुको नाम थर समेत दिइएपनि विहारको मतदाता नामावलीमा सुरेशचन्द्र दास र नेपालको निर्वाचन आयोगले पनि सुरेशचन्द्र दास अँकित गरेका हुन् ।
भारतको मतदाता सुचिमा मतदाता क्रमाँक १७५ रहेको छ भने राज्य विहार लेखिएको छ ।

भारत निर्वाचन आयोगले पहचान पत्र क्रमाँक नम्बर IAG0373183 देखाएको छ भने घर नम्बर ३७ तथा उमेर ५४ वर्ष उल्लेख गरेको छ ।
दोहोरो नागरिक भएको बेला निर्वाचन आयोग र संविधान अनुसार कुनै पनि प्रकारको चुनावमा सहभागी हुन नपाउने तथा जनप्रतिनिधिको नेतृत्व उच्च ओहोदा गर्न नसकिने व्यवस्था छ ।
थप खोजी जारी छ ...........
न्यूज ब्यूरो
----- बुलन्दीको आवाज ----
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…