आजदेखि लाईसेन्सको अनलाईन फाराम खुल्यो, अनलाइनमा समस्या
एक दिनमा प्रत्येक कार्यालयबाट २०० कोटा दुईपाँग्रेमा दिँदै आएको छ भने जीप र कारमा भने प्रत्येक दिन ३० वटासम्म कोटा दिँदै आएको छ ।

२०७७ पुस १४ मंगलबार, बिहान १०:२० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था विभागले नयाँ लाईसेन्सको लागि आज (मँगलबार) देखि नयाँ अनलाईन फाराम खुल्ला गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको यातायाता व्यवस्था विभागले आगामी पुस १४ गते मँगलबार (आज) देखि नयाँ लाईसेन्सको फाराम खोल्ने गरी सूचना प्रकाशित अघि नै गरिसकेको हो भने आजदेखि फाराम खुल्ला गरिएको छ ।
विभागका प्रवक्ता एवम् निर्देशक डा. लोकनाथ भुसालद्धारा हस्ताक्षरित सूचनामा गत वर्षको चैत्त १० गतेदेखि नै बन्द भएको लाईसेन्सको परीक्षा यस बर्षको पुस १४ गते मँगलबारदेखि खोलिने निर्णय सार्वजनिक गरेपनि अहिले अनलाईनमा समस्या देखिएको छ ।
अनलाईन फाराम भर्ने क्रममा कुनै बेला जन्ममिति, कुनै बेला जिल्ला त कुनै बेला गाउँको सेक्टरमा डाटा फेच नगरेको देखिएको छ । अनलाईन लाईसेन्सको फाराम भर्ने सर्भर पनि उत्तिकै स्लो भएको देखिन्छ ।
विश्वव्यापी कोरोना महामारीका कारण रोकिएको नयाँ लाईसेन्सको अनलाईन फाराम खुल्ने भएपछि सवारी चालक सेवाग्राहीहरु उत्साहित भएपनि अनलाईन फाराममा समस्या देखिएपछि सेवाग्राहीहरु निराश भएका छन् ।
एक दिनमा प्रत्येक कार्यालयबाट २०० कोटा दुईपाँग्रेमा दिँदै आएको छ भने जीप र कारमा भने प्रत्येक दिन ३० वटासम्म कोटा दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…