धनुषाको हँसपुरमा मेयर कप भलिबल प्रतियोगिता हुँदै, जित्नेलाई ७५ हजार पुरस्कार
खेलाडी ९ जना, कोच १ जना तथा व्यवस्थाक १ जना गरी कुल ११ जनालाई मात्र एउटा टिमबाट सहभागी हुन पाउने व्यवस्था

२०७७ पुस १३ सोमबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्ला स्थित हँसपुर नगरपालिकाको आयोजनामा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रथम मेयर कप भलिबल प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडी सहित जिल्लाभरिकै क्लबहरु पनि सहभागीताका लागि अनुरोध गरिएको छ ।
हँसपुर नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै आउँदो पुस १६ गतेदेखि सँचालन हुने प्रथम मेयर कप भलिबल प्रतियोगितामा सहभागीता जनाउनको लागि पुस १५ गते विहान १० बजेसम्म मात्र टिम दर्ता गरिने जनाइएको छ ।
.jpg)
राष्ट्रिय खेलको रुपमा रहेको भलिबल यसको विकास र उजागरको लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको जनाईएको छ । सो क्रममा धनुषा भन्दा बाहिरका जिल्लाका खेलाडीहरुको लागि सबै व्यवस्था आयोजक समितिले गर्नेछ ।
यातायात, खाना, वासको सबै व्यवस्था आयोजकले गर्ने जनाउँदै टिमबाट बढीमा ११ जना मात्र सहभागीको लािग अनुरोध गरेको हो । खेलाडी ९ जना, कोच १ जना तथा व्यवस्थाक १ जना गरी कुल ११ जनालाई मात्र एउटा टिमबाट सहभागी हुन पाउने व्यवस्था गरेको हो ।
खेलको क्रममा प्रथम हुने टिमलाई रु. ७५०००, दोस्रोलाई ४१००० र तेस्रो हुनेलाई २१००० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको हँसपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…