पहलवानी मधेशको पहिचान : अभियन्ता साह
नेपालमा पनि यसको सरकारबाटै संरक्षण हुनुपर्ने धारणा युवा अभियन्ता साहको छ ।

२०७७ पुस १२ आइतबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । तराई मधेशमा औधी रुचाइने पहलवानी अर्थात कुस्ती खेल सरकारी बेवास्ताका कारण मलिन हुँदै गएपनि मधेशको पहिचानलाई जीवन्त राखेको छ ।
तराई मधेशमा विशेष गरी मेलामा आयोजना गरिने कुस्ती खेल सरकारी बेवास्तामा परेपनि खेलप्रति तराई–मधेसका युवाको प्रेम भने झाँगिदो गएको युवा अभियन्ता रजनीस साहले बताएका छन् ।
आईतबार बिदेह नगरपालिकाको तिनकोरिया चोकमा आयोजना गरिएको कुस्ती खेलमा पहलवानहरुलाई हौसला बढाउँदै अभियन्ता साहले कुस्ती प्रेमीहरू यसलाई जोगाउन आफैँ सक्रिय हुनुपर्ने बताए।
मधेसमा औधी रुचाइएको यो खेलप्रति स्थानीय युवा र अगुवाले चासो लिएपछि बिस्तारै लोकप्रियता बढ्दै छ । नेपालमै अत्यधिक रुचाइएको यो खेल सरकारी उदाशीनताले लोप हुन लागेपछि स्थानीयले आफ्नै पहलमा प्रतियोगिता आयोजना गर्न थालेका हुन् ।
तिनकौरिया स्थित सन्तोषी मेलाको अवसरमा आयोजना गरिएको कुस्ती खेलमा विभिन्न ठाउँबाट आएका पहलवानहरुलाई हात मिलाइदिँदै कुस्ती र पहलवानीको महत्वबारे पनि सुनाएका थिए ।
पहलमानिमा भारत र नेपाल सहित बिभिन खेलाडी को सहभागीता रहेको छ।
बर्षौदेखि खेलिँदै आएको कुस्तीले युवालाई स्वस्थ त बनाउँछ नैड, ‘उनीहरूलाई कुलतबाट फस्न पनि यसले जोगाउँछ भने नेपाल को राष्ट्रिय खेलाडी र द्यबिअप दभति अजय साहले जानकारी दिए।भारतमा मात्रै व्यवस्थित रूपमा कुस्ती हुन्छ ।
नेपालमा पनि यसको सरकारबाटै संरक्षण हुनुपर्ने धारणा युवा अभियन्ता साहको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…