धनुषाको विदेह नगरपालिकाद्धारा मेयर कप क्रिकेट हुँदै
प्रतियोगितामा सहभागी हुनको लागि विभिन्न क्रिकेट टिमलाई पत्राचार समेत गरिएको जनाइएको छ । पुस २० गते उदघाटन खेल हुनेछ ।
२०७७ पुस ११ शनिबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । धनुषाको विदेह नगरपालिकाको आयोजना मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आगामी पुस २० गतेदेखि विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिबामा मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गरिने नगरपालिकाका मेयर बेचन दासले बताए ।
उनले आयोजना गरिने प्रथम मेयर कप प्रतियोगितामा विभिन्न नगरपालिका, गाउँपालिकाको क्रिकेट टिमको सहभागीता रहने जनाए । क्रिकेट प्रतियोगिताको लागि पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ ।
जसमा प्रतियोगितामा प्रथम हुने टिमलाई ५५००० नगद, कप र मेडल, दोस्रो हुनेलाई ३५००० रुपैयाँ नगद सहित मेडल कप प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी हुनको लागि विभिन्न क्रिकेट टिमलाई पत्राचार समेत गरिएको जनाइएको छ । पुस २० गते उदघाटन खेल हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सलामत राईन
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…