खेलाडीले देश चिनाउँछ : मेयर पँजियार
न्यूज ब्यूरो || धनुषा, १ फागुन । क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजियारले खेलाडी विश्व सामु देश चिनाउने माध्यम रहेको बताएका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आजदेखि सुरु भएको क्रिकेट टुर्नामेन्ट प्रतियोगितालाई मेयर पँजियारले उद्घाटन गर्दै खेलको माध्यमबाट देशलाई विश्व सा

२०७४ फागुन १ मंगलबार, बेलुकी ५:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, १ फागुन ।
क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजियारले खेलाडी विश्व सामु देश चिनाउने माध्यम रहेको बताएका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आजदेखि सुरु भएको क्रिकेट टुर्नामेन्ट प्रतियोगितालाई मेयर पँजियारले उद्घाटन गर्दै खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने भएकोले खेलाडी देशको लागि शान्तिदुत भएको बताए ।
खेलको माध्यमबाट विश्वमा शान्ति ल्याउन सकिने भएकोले सहभागी टिमका खेलाडीलाई उनले प्रसँसा गरे ।
महेन्द्रनगर क्रिकेट टीमद्धारा आयोजित क्रिकेट टिममा धनुषाका विभिन्न स्थानबाट त्रिकेट टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक टिम र जनकपुर बेला भिडने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…