नयाँ लाईसेन्सको अनलाईन फाराम खुल्दै
एक दिनमा प्रत्येक कार्यालयबाट २०० कोटा दुईपाँग्रेमा दिँदै आएको छ भने जीप र कारमा भने प्रत्येक दिन ३० वटासम्म कोटा दिँदै आएको छ ।

२०७७ पुस १० शुक्रबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था विभागले नयाँ लाईसेन्सको फाराम खोल्ने सूचना जारी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको यातायाता व्यवस्था विभागले आगामी पुस १४ गते मँगलबारदेखि नयाँ लाईसेन्सको फाराम खोल्ने गरी सूचना प्रकाशित गरेको हो ।
विभागका प्रवक्ता एवम् निर्देशक डा. लोकनाथ भुसालद्धारा हस्ताक्षरित सूचनामा गत वर्षको चैत्त १० गतेदेखि नै बन्द भएको लाईसेन्सको परीक्षा यस बर्षको पुस १४ गते मँगलबारदेखि खोलिने भएको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण रोकिएको नयाँ लाईसेन्सको अनलाईन फाराम खुल्ने भएपछि सवारी चालक सेवाग्राहीहरु उत्साहित भएका छन् । झण्डै १० महिनापछि नयाँ लाईसेन्सको लागि अनलाईन फाराम खोल्ने भएको छ ।
एक दिनमा प्रत्येक कार्यालयबाट २०० कोटा दुईपाँग्रेमा दिँदै आएको छ भने जीप र कारमा भने प्रत्येक दिन ३० वटासम्म कोटा दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…