सँसद विघटनपछि मधेश झरे ओली पक्षधर, जनकपुरमा शक्ति प्रदर्शन
सँचारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै उनले देउवा र भारत संगको साँठगाँठको कुरा निराधार रहेको बताउदै बस्नेतले राजा र कुनै धर्मको राष्ट्र वा भनौ हिन्दु राष्ट्रको पक्षमा ओली समुह कहिल्यै नलाग्ने समेत बताए ।

२०७७ पुस ७ मंगलबार, दिउँसो २:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीको सरकार रहेको प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरुले शक्ति प्रदर्शन गरेका छन् ।
ओलीकै पक्षधर रहेका तत्कालिन एमाले तथा हाल नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको नेतृत्वमा जनकपुरमा शक्ति प्रदर्शन गरिएको हो । ओलीको पक्षमा नारा जुलुस गर्दै सयौंको सँख्यामा मोटरसाईकल जुलुस निकालिएको हो ।
मँगलबार दिउँसो जनकपुरमा ‘आज होइन भोलीलाई १० वर्ष ओलीलाई’ भन्ने नारा लगाउँदै ओली पक्षधरहरुले विशाल जुलुस प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि सँचारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बस्नेतले आउँदो चुनावमा हसिँया हथौडा बिनाको मात्र सूर्यछापलाई चुनाव चिन्ह लिएर चुनावको तयारीमा जुटेको बताउँदै मधेशका लागि प्रधानमन्त्री ओलीले गरेको काम बारे झल्काउन आएको सुनाए ।
उनले पार्टी फुटिसकेको संकेत गर्दै हसिया हतौडा बिनाको सूर्य चिन्ह र नेकपा एमालेको ब्यानरमा चुनावमा होमिएको दाबी गरे ।
सँचारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै उनले देउवा र भारत संगको साँठगाँठको कुरा निराधार रहेको बताउदै बस्नेतले राजा र कुनै धर्मको राष्ट्र वा भनौ हिन्दु राष्ट्रको पक्षमा ओली समुह कहिल्यै नलाग्ने समेत बताए ।
जनताको म्यान्डेडमा सरकार बनाएपनि चलाउन नदिएपछि पुनः जनतामै फर्किने मनशायले संसद विघटन गरिएको उनको तर्क छ । प्रचण्डले सोमवार देउवासंग चुनावी तालमेलको कुराले पनि प्रचण्ड चुनाव स्वीकार गरिसकेको स्पष्ट भएको भनाई उनको छ ।
ओली पक्षधरका युवा नेता शम्भु साहको विशेष सक्रियतामा जनकपुरमा शक्ति प्रदर्शन गरिएको हो । सँसद विघटन भएपछि नेकपा फुट हुने भनेर समाजिक सँजालमा चर्चा देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…