सिरहाका आगो पीडितलाई Hersa Nepal को सहयोग

आगो पीडित दुवै परिवारको बारेमा थाहा पाएलगत्तै हर्ष नेपाल नामक गैर सरकारी सँस्थाले राहत लिएर पुगेका हुन् ।

२०७७ पौष ६ सोमबार
दिउसो १२:२७ बजे

न्यूज ब्यूरो, सिरहा । सिरहामा आगलगी हुँदा दुई परिवारको नगद सहित खाद्यान्न जलेर नष्ट भएको छ । 

 

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर २ ब्रम्हपुरीमा गत शुक्रबार राती भएको भिषण आगलगीमा स्थानीय घनश्याम महतो र राम प्रकाश महतोको घरको समानहरु जलेर नष्ट भएको छ ।

 

घरमा रहेको ७० कुइनटल चामल, १२ कुइनटल दाल र ८०,००० नगदसहित जलेर नष्ट भएको घरधनी रामप्रकाश महतोले बताए । आगो लागेको देखेर गाउँलेहरूले आगोलाई नियन्त्रणमा लिएको थियो, त्यसपछि मात्र दमकल आएको थियो । 

 

आगो पीडित दुवै परिवारको बारेमा थाहा पाएलगत्तै हर्ष नेपाल नामक गैर सरकारी सँस्थाले राहत लिएर पुगेका हुन् । राहतमा ब्याल्केट , १ कुइन्टल चामल , र रु ५००० नगदसहित सहयोग गरेका हुन । राहत पाउँदा पीडितद्धयले सँस्थालाई आभार प्रकट गरेका थिए । 

  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०७७ पौष ६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus