सिरहाः बिना सूचनाकै मलखाद्य वितरण, नातागोतालाई नियम तोडेर बोरैबोरा मल
न्यूज ब्यूरोका सहकर्मी वितरण स्थलमा पुग्दा गाउँपालिकाले वितरण गरिरहेको मलखाद्य वितरण तत्काल स्थगित

२०७७ पुस ४ शनिबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको एक गाउँपालिकाले बिना सूचनाकै मल खाद्य वितरण गरेपछि स्थानीय किसानहरु आक्रोसित भएका छन् ।
सिरहाको नरहा गाउँपालिकाले शुक्रबार कसैलाई जानकारी नगराउँदै बिना सूचनाकै आधारमा मल खाद्य वितरण गरेपछि किसानहरु आक्रोसित भएका छन् । उनीहरुले आफ्ना आफन्तलाई हाकिमहरुले त्यतिकै उपलब्ध गराएको आरोप लगाए ।
नरहा गाउँपालिकाका कृषि प्रमुख रामप्रकाश यादवले मलखाद्य वितरण सम्बन्धी कुनै जानकारी नै नगराई काँखापाखाको हिसाबले वितरण गरेको आरोप लगाइएको छ । कसैलाई १ बोरामात्र उपलब्ध गराएका छन् भने कसैलाई २० देखि २५ किलोसम्म पनि मात्र उपलब्ध गराएको छ ।
गाउँपालिकाले तोकेको डिलर वा गाउँपालिका आफैंले वितरण गर्नुपरेमा सूचना जारी गरी वितरण गर्नुपर्नेमा त्यस्तो केही नगरी आफुखुसी वितरण गरेको आरोप लगाइएको छ । सो क्रममा युरिया प्रतिबोरा ९०० रुपैयाँ र डिएपी प्रतिबोरा २३५० रुपैयाँको दरले वितरण गरेको हो ।
महिनो देखि मलखाद्य नपाएकोले किसान मारमा परेको बेला पनि गाउँपालिकाले सूचना नै जारी नगरी वितरण गर्दा असल किसानहरु अझै मार्कामा परेका छन् । बिना सूचना वितरण गर्न नपाउने प्रावधान रहेको जनाउँदै यस्तो नहुनुपर्नेमा गाउँपालिका उपाध्यक्ष गुलाबदेवी चौधरीले जनाइन् ।
न्यूज ब्यूरोका सहकर्मी वितरण स्थलमा पुग्दा गाउँपालिकाले वितरण गरिरहेको मलखाद्य वितरण तत्काल स्थगित गरेको थियो । यता, वडा नं. ५ का वडाध्यक्ष हुकुमदेवले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…