आफ्नै आमालाई झाडीमा फालेर भागे छोरा, कठयाँग्रिएर मृत्यू !
मानवसेवा आश्रम निरन्तर खुला आकाशसमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश आमा जस्तै सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण र पारिवारीक पुनर्मिलनको कार्यमा समर्पित हुँदै आइरहेको छ ।

२०७७ पुस १ बुधबार, बिहान ८:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै आमालाई झाडीमा फालेपछि रातभरी आकाशमुनी रहँदा कठयाँग्रिएर मृत्यू भएको छ ।
काठमान्डौंको तिनकुनेमा गएराती नै एक महिलालाई उनकै घरपरिवार वा छोराले उनलाई अत्यधिक चिसोमा आकाशमुनी झाडीमा फालेर भागेको मानव सेवा आश्रम वीरगँजले जनाएको छ ।
प्यारलाईसिसका कारण पुरै हर नचल्ने, बोल्न नसक्ने, शारिरिक र मानसिक रुपमा समेत अति कमजोर भएको अन्दाजी बर्ष ४५ की एक महिलालाई काठमान्डौंको तिनकुने चौरको झाडीमा फालेर भागेको जनाइएको छ ।

सोमबार राती करिब ८ बजे छोरालाई सुसु गराउन जाँदा त्यही बाटो भएर हिड्ने सरीता खड्काले देखेपछि राति उनीपनि गराएर घर गएपनि रातभर मनमा छट्पटी हुँदा विहान करिब ६ बजे गएर हेर्दा केही कपडामा महिलालाई फालिएको थियो ।
सो स्थानमा पुग्दा ती महिलाको कपडा पुरै सितले भिजेको थियो भने उनको शरीर हिउँ झै बनेको थियो । घिसाद्रै घिसाद्रै माथि डिलमा ल्याएर राख्दै उद्दारको लागि कयौं प्रयत्न गरीन तर कुनै मेलो मेसो नपाएपछि मानव सेवा आश्रमलाई सम्पर्क गरेको जनाइएको छ ।
३ दिनपछि मानवसेवा आश्रमको बारेमा जानकारी पाएपछि खडकाले सम्पर्क गरेको जनाइएको छ । काठमाडौं महानगरपालिकाका प्रतिनिधी र मानवसेवा आश्रमका अभियान्ताहरु र नेपाल प्रहहरीको टोलिले आमालाई उद्धार गरी वीर अस्पताल पुरयाएपनि अस्पतालको गेटमै पुग्दा नपुग्दा उनको मृत्यू भएको जनाइएको छ ।
मानव सेवा आश्रमका पदाधिकारी लेख्छन् :“सायद आमाले त मुक्ती पाइन् । तर जुन परिवारले आमालाई त्यो झाडीभित्र ल्याएर छाड्यो उ जीन्दगीभर तड्पिरहने छ ।”
उद्धारको लागि खटेका काठमान्डौ महानगर र मानवसेवा आश्रमका पदाधिकारी
"मानव सेवा आश्रमले अधिकारिक फेसबुकमा– “यस्ती आमालाई झाडीमा ल्याएर फ्याल्ने उनको परिवारलाई खोज्न यो पोष्ट सक्दो सेयर गरिदिनुहुन अनुरोध छ । यो हद सम्मको 'कुू' गर्नेलाई सामाजिक बहिस्कार गरौं । आमाको घरपरिवारलाई कसैले चिन्नुहुन्छ भने ९८५५०७६००४ मा सम्पर्क गरी जानकारी गराउनहुन सादर अनुरोध छ । अपराधको पराकाष्ट, अमानवीयताको सीमा नै पार गरी यी आमालाई झाडीमा फ्यालिएछ । उद्धार गरी अस्पताल लादा लादै आमाको मृत्यु भयो । आमालाई बचाउन त सकिएन तर आमालाई झाडीमा ल्याएर छाड्ने महामानवलाई देख्ने ईच्छा भयो ।” लेखेको छ ।
मानवसेवा आश्रम निरन्तर खुला आकाशसमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश आमा जस्तै सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण र पारिवारीक पुनर्मिलनको कार्यमा समर्पित हुँदै आइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…