मधेशका किसानहरुको सँकल्पः 'भुक्तानी नदिए यही प्राण त्याग्छौं'
प्रदर्शनमा मंगलबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ऐक्यवद्धता जनाए । आफ्नो पसिनाको मूल्य माग्न किसानहरूले काठमाडौँ आउनुपर्ने अवस्था निकै दुःखद रहेको उनले बताए ।

२०७७ पुस १ बुधबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नो रगत पसिना बगाएर उब्जाएको उँखु बेचे वापतको भुक्तानी यसपाली नदिए काठमान्डौंमै प्राण त्याग्ने सँकल्प किसानहरुले लिएका छन् ।
गत बर्ष सरकार र किसानबीच भएको ५ बुँदे सम्झौता अनुसार कार्यन्वयन नहुँदा किसानहरुको उँखु वापतको भुक्तानी अझै हुन नसकेपछि किसानहरुले देशको राजधानी काठमान्डौंमा दोस्रो पटक आन्दोलन गर्न पुगेका छन् ।
सोही क्रममा काठमान्डौंका माईतीघर मण्डलमा उखु किसानहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । मंगलवार पनि उनीहरूले प्रदर्शन गरे। एक वर्षअघि सरकारसँगको भएको पाँच बुँदे सहमति कार्यान्वयन नभएसम्म आन्दोलन गरिरहने उनीहरूको अडान छ ।
चिसो मौसममा काठमाडौं पुगेका उखु किसानहरू सरकारले माग पूरा नगर आन्दोलनमै प्राण त्याग्ने चेतावनी समेत दिएका छन् । यसपटक माग पूरा भए मात्र घर फर्किने सर्लाहीका उखु किसान गौरीशंकर पण्डितले बताए ।
उनले उखु बिक्रीबापतको एक लाख ७० हजार रुपैयाँ आफूले नपाएको दुःखेसो सुनाए । उखु किसानको पीडा सरकारले हालसम्म नबुझेपनि विभिन्न दलका नेताहरूले भने आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
प्रदर्शनमा मंगलबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ऐक्यवद्धता जनाए । आफ्नो पसिनाको मूल्य माग्न किसानहरूले काठमाडौँ आउनुपर्ने अवस्था निकै दुःखद रहेको उनले बताए ।
‘देशमा सरकार छ या छैन भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ ।’ आन्दोलनमा जनता समाजवादी पार्टीको किसान महासंघले पनि ऐक्यवद्धता जनाएको छ । महासंघका केन्द्रीय सदस्य आनन्दराम फुयालले किसानको माग सम्बोधन गर्न नसकेका ओली सरकारलाई लोकतान्त्रिक सरकार भन्ने ठाउँ समाप्त भएको औंल्याएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…