विदेशमा कम्पनी टुटेपछि गैर आवासीय मधेशी सँघ बने सहारा, धनुषाका २ जनाको उद्धार
उनीहरुको उद्धार गर्दै घरसम्म फर्काउन करिब ७० हजार रुपैयाँ गैर आवासीय मधेशी सँघका उपाध्यक्ष मदन यादवले तिरेका हुन् ।

२०७७ मंसिर ३० मंगलबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीमा गएका धनुषाका २ जनालाई गैर आवासीय मधेशी सँघले उद्धार गरेको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ का वीरेन्द्र सदा र रफिद मियाँलाई युएईएको अजमानबाट उद्धार गरिएको हो । उनीहरुले काम गरेको कम्पनी बन्द भएर रोज़गारी गुमेको थियो। कोरोनाका कारण कम्पनी बन्द भए पछि कम्पनीका मालिक पनि भागेका छन्। यस अवस्थामा कम्पनीका सबै कर्मचारीलाई खाने, बस्ने ठाऊँ पनि थिएन।
दुबैको जानकारी गैर आवासीय मधेशी संघ दुबईका सह–अध्यक्ष मदन यादवलाई प्राप्त भएपछि तुरुन्त एक्सनमा आएको थियो । दुबै जनाको बस्ने र खाने ब्यवस्था दुबईको जनमत पार्टी समर्थित स्वराजीहरुसँग मिलाएर दुवै जनालाई घर फर्काइदिएको हो ।
उनीहरुको उद्धार गर्दै घरसम्म फर्काउन करिब ७० हजार रुपैयाँ गैर आवासीय मधेशी सँघका उपाध्यक्ष मदन यादवले तिरेका हुन् ।
सोही क्रममा एक महिना पहिले भिजिट भीषामा विदेश गएको प्रदेश नम्बर २ जिल्ला सिरहा, धनगढीमाई नगरपालिका वाड नम्बर–१३ घर भएको राजाराम यादव यु ए ई को दुबई शहरमा अलपत्र परेपछि गैर आवासीय मधेशी सँघले सहारा बनेका हुन् ।
गैर आवासीय मधेशी संघ यु ए ई लाई सम्पर्क गरे पछि गैर आवासीय मधेशी संघ यु ए ई को सह–अध्यक्ष मदन यादबको पहलमा राजाराम यादवलाई सबै प्रक्रिया मिलाई एयर अरेविया एयरलाइंसबाट नेपाल पठाएको गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय समिति अध्यक्ष एवम् जनमत पार्टीका विदेश विभाग प्रमुख ई. बसन्त कुशवाहाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…