समुदायलाई मजबुत बनाउन फुटबल खेल औषधीको काम गर्छ : मेयर मण्डल
कार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख बिध्या देवि भुजेलले राखेका थिए ,मन्त्वय राख्ने क्रममा नगरका खेलाडी लाई प्रोत्साहन स्वरुप प्रथम मेयर कप खेल गराएको नगर उपप्रमुख भुजेलले बताइन् ।

२०७७ मंसिर २९ सोमबार, बिहान ८:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले फुटबल खेल समुदायको लागि औषधीझैं रहेको प्रतिक्रिया दिएका छन् । वडा नम्बर ९ धारापानीमा प्रथम मेयर कप फुटबल प्रतियोगितामा फुटबल खेलप्रति स्थानीयको चासो हेर्दा औषधि जस्तो मजबुत खेल रहेको बताएका छ्न ।
धनुषाधाम नगरपालिकाको अयोजना यज्ञभुमी युवा समाजको संयोजकत्वमा खेलाडीलाई प्रोत्साहन र विकाश स्वरुप प्रथम मेयरकप खेल गराएको छ ।
जनकपुर उपमहानगरपालिका र शाहीद नगरपालिका बिच पहिलो खेल भएका छ्न । खेलमा जम्मा १० औटा टिम सहभागी हुनेछ्न फुटबल संघका जिल्ला उपाध्यक्ष कल्याण खड्काले जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष संजिव यादवको रहेका थिए तथा प्रमुख अतिथी नगरप्रमुख बालेश्वर मण्डल रहेका थिए । अध्यक्षता गर्दै महतोले भन्ने प्रथम मेयरकप खेल अन्तर्गत धारापानीमा आयोजना गरेको सो प्रथम मेयर कप फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र समेत दिनेछ । यस्तै, दोस्रो हुनेलाई २५ हजार ५ सय ५५ रुपैया रहेका थिए ।
प्रमुख अतिथि मेयर मण्डलले स्थानीय तहमा जनप्रतिनिधि आए देखि खेलाडी लाई प्रोत्साहन गर्न खेलमा चासो देखाउनले उद्देश्यले मेयर कप गराउदै आएका बताउँदै खेलकुदलाई उजागर गर्न दायित्व रहेको बताए । “हाम्रो नगरका खेलाडी लाई हौसाला बढाउन हिसाबले राम्रो खेलाडी नगरबाट हुने सहयोग गर्छौ”
खेलको क्रममा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको थियो भने विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लोकर लगायतका विद्यामा पुरस्कार दिनेछ्न ।
कार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख बिध्या देवि भुजेलले राखेका थिए ,मन्त्वय राख्ने क्रममा नगरका खेलाडी लाई प्रोत्साहन स्वरुप प्रथम मेयर कप खेल गराएको नगर उपप्रमुख भुजेलले बताइन् ।
कार्यक्रममा बिशिस्ट अतिथि पुर्व सांसद पुस्पालाता उपमेयर बिध्या देवि भुजेल ।शहिदनगरपालिकाको उपमेयर शिलादेवी कापर, वडा नं ८ का अध्यक्ष बिनोददिप लामा,जिल्ला फुटबल अध्यक्ष सुरेश शर्मा ,प्रकाश अर्याल , कल्याण खड्का , नेपाली काङ्ग्रेस नेता लक्ष्मीनारायण मण्डल ,ऋषिकेश लामा , लगायतको उपस्थित रहेका थिए ।
फाईनल खेल पुस ८ गतेहुने जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…