जुनसुकै बेला काम गर्न छाडन सक्छ लालु प्रसाद यादवको किडनी, टेंनसनमा डाक्टर !
डाक्टरका अनुसार, लालू यादवको ब्लड शुगर समेत बढिसकेको छ । यसैले उनलाई राम्रो उपचारको आवश्यकता औल्याइएको छ । डाक्टरले भने, –आवश्यक परेमा उनको उपचारको लागि बाहिरबाट पनि डाक्टर बोलाउन सक्नेछ ।

२०७७ मंसिर २७ शनिबार, बेलुकी ६:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, पटना । चारा घोटालामा जेलमा रहेका राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद यादवको किडनी जुनसुकै बेला काम गर्न छाडन सक्ने अवस्था सृजना भएको छ ।
भारतको रिम्स अस्पतालमा भर्ती गरिएका लालु प्रसाद यादवको किडनी अहिले २५ प्रतिशत मात्रै काम गरिरहेको जनाउँदै अस्पताल प्रशासनले जतिबेला पनि उनको किडनी काम गर्न छाडन सक्ने जनाएको छ ।
राँचीको रिम्स अस्पतालमा पेइंग वार्डमा उपचाररत लालु यादवको किडनीको क्रिएटिनिन लेबल लगातार बढिरहेको उपचार सँलग्न चिकित्सक उमेश प्रसादले जानकारी दिएका छन् ।
भारतीय सँचारमाध्यमहरुका अनुसार, शनिवार लालु प्रसाद यादवको उपचारमा सँलग्न डाक्टर उमेश प्रसादले आगामी केही दिनसम्म उनको किडनीको अवस्था वर्तमान परिस्थितिमै रहे किडनीको डायलसिस गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
चिकित्सकका अनुसार, लालु प्रसाद यादव विगत केही दिनदेखि अधिक चिन्तित र तनावमा रहेको छ । उनको किडनीको २५ प्रतिशत फँक्सन गरिरहेको छ । यस्तोमा उनको किडनी जतिबेला पनि काम गर्न छाडन सक्छ । उपचार सँलग्न चिकित्सकले प्रशासन र सरकारलाई समेत यसको बारेमा सूचना दिसकेको जनाएको छ ।
डाक्टरका अनुसार, लालू यादवको ब्लड शुगर समेत बढिसकेको छ । यसैले उनलाई राम्रो उपचारको आवश्यकता औल्याइएको छ । डाक्टरले भने, –आवश्यक परेमा उनको उपचारको लागि बाहिरबाट पनि डाक्टर बोलाउन सक्नेछ ।
जानकारी अनुसार, रिम्स अस्पतालमा एडमिट भएपछि उनको किडनी ५३ प्रतिशत काम गरिरहेको थियो । तर अहिले मात्र २५ प्रतिशत काम गरिरहेको छ । गत २ वर्षमा उनको किडनीको फँक्सनमा अधिक गिराबट आएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…