तेस्रो मधेस आन्दोलन : जसको शरीरमै प्रहरीको 'गोली' अहिलेसम्म छ
दासलाई राजनीतिक दलहरुले समय नदिँदा उनी विच्चलीमा

२०७४ माघ २९ सोमबार, बिहान १०:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २९ माघ । गत वर्ष भएको तेस्रो मधेस आन्दोलनको क्रममा प्रहरीको गोलीबाट गम्भिर घाईते भएका एक आन्दोलनकारीको विच्चली भएको छ ।
गत वर्ष भदौ २५ गते मधेस आन्दोलनमा 'चलु जनकपुर भरु जनकपुर' कार्यक्रममा सहभागी जनकपुर उपमहानगरपालिका वडा नं. १५ रामपुरका सुनिल दासको अहिलेसम्म शरीरभित्र प्रहरीको गोली त्यतिकै छ ।
मधेस आन्दोलनम घाईते भएका दासलाई राजनीतिक दलहरुले समय नदिँदा उनी विच्चलीमा परेका हुन् ।
विभिन्न अस्पतालमा उपचाररार्थ दासलाई आज समाजसेवी एवम प्रदेश नं. २ का साँसद राम अशिष यादवले सम्मान गर्न पुगे ।
प्रदेश सभाको दोस्रो बैठकमा प्रत्येक जिल्लाका साँसदहरु प्रदेश सभा भवनमा व्यस्त भएको समय साँसद यादवले एका विहानै घाईते दासको घर पुगी दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
मधेस आन्दोलनको उपलब्धीलाई सँस्थागत गर्नको लागि बाटोमा जानुभन्दा साँसद यादवले जिउँदो शहिदको रुपमा रहेको दासलाई सम्मान गर्नु धर्म ठाने र एका विहानै उनको घर पुगी सम्मान गरेका हुन ।
नेपाल मधेसी निजामति कर्मचारी मञ्चका केन्द्रीय उपाध्यक्ष सुरेश शर्मा, संघीय समाजवादी विद्यार्थी फोरमका जिल्ला ईन्चार्ज राम विहारी यादव सहितका अगुवाहरुले समेत दासको घर पुगेर सम्मान गरेका हुन् ।
दासलाई दोसल्ला ओढाएर सम्मान गरिएको जनाइएको छ ।
कर्मचारी मञ्चका उपाध्यक्ष सुरेश शर्माका अनुसार दासलाई काठमान्डौँको वीर अस्पताल, सिभिल होस्पिटल र काठमान्डु मेडिकल कलेजमा अहिले उपचार भइरहेको छ भने मधेसवादी दलहरुले उपचार खर्च तथा थप उपचारको लागि पहल गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…