प्रदेश २ : विद्युतका कर्मचारी घुस सहित रँगेहात पक्राउ
अतिरिक्त रकम नदिने सेवाग्राहीको कामलाई भोली पर्सीको टाल्दै आएको तर पैसा दिनेको काम तत्काल गर्दै आएको पति वैदेशिक रोजगारमा रहेकी पिडित एक महिलाले बताईन।

२०७७ मंसिर २४ बुधबार, बेलुकी ७:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बरहथवामा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा कार्यरत एक कर्मचारीलाई बुधबार सेवाग्राहीसंग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
विद्युत मिटरको क्षमता वृद्धिका लागि सेवाग्राहीसँग लिएको आठ हजार रुपैंया रकम सहित बरहथवा नगरपालिका–६ स्थित नेपाल बैंक चोकबाट मनोज पाण्डेलाई महोत्तरीको बर्दिबास स्थित आयोगको कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
बरहथवा विधुत प्राधिकरण केन्द्रमा कार्यरत तेस्रो तहका कर्मचारी पाण्डेलाई थप कारवाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं स्थित टंगाल पठाइने अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।
बरहथवा वितरण केन्द्रमा कर्मचारीले सानोतिनो कामको लागि पनि सेवाग्राहीसंग खुलेआम घुस माग्दै आएको स्थानियवासीको गुनासो रहेका छन।
अतिरिक्त रकम नदिने सेवाग्राहीको कामलाई भोली पर्सीको टाल्दै आएको तर पैसा दिनेको काम तत्काल गर्दै आएको पति वैदेशिक रोजगारमा रहेकी पिडित एक महिलाले बताईन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…