धनुषाधामको मेयरकप फुटबल टुर्नामेन्टमा जनकपुर स्पोर्टस २ गोलले विजयी
कार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख बिध्या देवि भुजेलले राखेकी थिइन । मन्त्वय राख्ने क्रममा नगरका खेलाडीलाई प्रोत्साहन स्वरुप दोस्रो मेयर कप खेल गराएको नगर उपप्रमुख भुजेलले बताइन् ।

२०७७ मंसिर २१ आइतबार, राति ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ५ पर्वतामा दोस्रो मेयर कप फुटबल प्रतियोगितामा जनकपुर स्पोर्ट्स क्लब विजयी हाँसिल गरेका छन् ।
आयोजक पर्वता टिम र जनकपुर स्पोर्टबीच भएको आईतबार फाईनल खेलमा जनकपुर स्पोर्ट्स २–० गोलान्तरले विजयी हाँसिल गरेको हो ।
धनुषाधाम नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष इन्द्रकुमार महतोको अध्यक्षता तथा नगरप्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको मेयरकपको फाइनल खेलमा जनकपुर २ गोलले विजयी भएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र समेत दिनेछ । यस्तै, दोस्रो हुनेलाई २५ हजार ५ सय ५५ रुपैया प्रदान गरिएको हो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर मण्डलले स्थानीय तहमा जनप्रतिनिधि आएदेखि खेलाडीलाई प्रोत्साहन गर्न खेलमा चासो देखाउनले उद्देश्यले मेयर कप गराउदै आएको बताए ।
खेलकुदलाई उजागर गर्न दायित्व रहेको बताउँदै हाम्रो नगरका खेलाडीलाई हौसाला बढाउन हिसाबले राम्रो खेलाडी नगरबाट तयार गर्न आफू हर प्रयास गर्ने जिकिर गरे ।
खेलको क्रममा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको थियो भने विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लोकर लगायतका विद्यामा पुरस्कार दिएको थियो ।
कार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख बिध्या देवि भुजेलले राखेकी थिइन । मन्त्वय राख्ने क्रममा नगरका खेलाडीलाई प्रोत्साहन स्वरुप दोस्रो मेयर कप खेल गराएको नगर उपप्रमुख भुजेलले बताइन् ।
कार्यक्रममा बिशिस्ट अतिथि उपमेयर बिध्या देवि भुजेल , जिल्ला फुटबल अध्यक्ष सुरेश शर्मा , केवल केवल मुखिया ,मा बि प्रीतपुर पर्वताका प्रअ जागेश्वर साह ,नगर स्वास्थ्य सुपरभाइजर रामकृष्ण यादव, उमाप्रेमपुर स्वास्थ्य चौकी इन्चार्ज अरुण मण्डल लगायतको उपस्थित रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…