धनुषाधाम काण्ड : के के भयो सहमति ?
न्यूज ब्युरो || धनुषा, २७ माघ । धनुषाको धनुष जनता उच्च मावि तथा प्राविधिक विद्यालयमा तालाबन्दीलाई लिएर भएको काण्ड चर्चामा छ । गत विहिबार विद्यालयका शिक्षकले जरबदस्ती ताला फुटाउन जाँदा विद्यार्थीले रोकेपछि विद्यार्थीलाई निर्ममतापूर्वक कुटपिट गरी गम्भिर घाईते बनाएपछि काण्ड झन उग्र बनेको थियो । विद्यार

२०७४ माघ २७ शनिबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो ||
धनुषा, २७ माघ । धनुषाको धनुष जनता उच्च मावि तथा प्राविधिक विद्यालयमा तालाबन्दीलाई लिएर भएको काण्ड चर्चामा छ ।
गत विहिबार विद्यालयका शिक्षकले जरबदस्ती ताला फुटाउन जाँदा विद्यार्थीले रोकेपछि विद्यार्थीलाई निर्ममतापूर्वक कुटपिट गरी गम्भिर घाईते बनाएपछि काण्ड झन उग्र बनेको थियो ।
विद्यार्थीलाई कुटपिट गरी गम्भिर बनाएपछि आक्रोसित बनेका विद्यालयका विद्यार्थी तथा स्थानीयहरुले धनुषाधाम बजार ठप्प सहित तोडफोड समेत गरेको थियो ।
विहिबार अपरान्ह करिब ४ः३० बजेको समयमा विद्यालयका शिक्षक शुशिल भुजेलले विद्यालयका कक्षा ११ मा अध्ययनरत जलेश्वर नगरपालिका वडा ३ बस्ने रामजिवन मिश्रको छोरा बर्ष १८ सुमन मिश्रलाई कुटपिटगरी गम्भिर घाइते बनाएपछि धनुषाधामको अवस्था तनावग्रस्त बनेको थियो ।
घाईते विद्यार्थीलाई उपचारको लागि जनकपुर ल्याएको थियो भने विद्यालय व्यवस्थापन समिति र पीडित पक्षबीच कुरा नमिल्दा विवाद झन उग्र भएको थियो ।
पीडित विद्यार्थीले के पाए ? केके भयो सहमति ?
शुक्रवार विहानसम्म विद्यालयले विद्यार्थीहरुको माग सम्बोधन बारे चासो नलिँदा पुन तनावग्रस्त बनेका धनुषाधाम प्रहरीले नियन्त्रण गरेका थिए ।
त्यसपछि विद्यालय व्यवस्थापन समिति र पीडित पक्षबीच सहमति गर्न बसेको बैठकबाट घाईते विद्यार्थीलाई मात्र उपचार खर्च दिइ मुद्दालाई छिनोफानो गर्ने निर्णय गरिएको हो ।
विद्यार्थीहरुले शिक्षक शुशिल भुजेल र राम पुकार यादवलाई निलम्बीत गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, घटनाको कानुनी कारवाही प्रक्रियामा जानुपर्ने, विद्यालयमा प्राविधिक शिक्षामा पठनपाठन नियमित हुनुपर्ने लगायतका मागहरु अघि सारिएपनि कुटपिट गरी गम्भिर घाईते भएका विद्यार्थीलाई मात्र उपचार खर्च सम्म सहमति भएको हो ।
विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्देश्वर यादव सम्मलित टोली तथा विद्यार्थीहरुबीच द्धिपक्षिय वार्ता भएपछि उपचार खर्चमा सहमति भएको जनाइएको छ ।
यसका साथै अन्य मागहरुमा विद्यालयमा पठनपाठन नियमित गर्नुपर्ने लगायत अन्य बुंदाहरुमा सहमति भएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…