भारतसँगको सील गरिएको बोर्डर खोल्नुपर्छ : जसपा
लामो समयदेखि भारतसँगको सीमा बन्द रहेको कारण मुलुकको अर्थतन्त्रमा गहिरो असर

२०७७ मंसिर ९ मंगलबार, दिउँसो १२:३३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले भारतसँगको नाका खोल्नुपर्ने माग गरेका छन् ।
जनता समाजवादी पार्टीका बरिष्ठ नेता महन्थ ठाकुर र उपेन्द्र यादवद्धारा जारी गरिएको विज्ञप्तिमा नेपाल सरकारले तत्कालै भारतसँगको नाका (सीमा) खोल्नुपर्ने माग गरेको हो ।
लामो समयदेखि भारतसँगको सीमा बन्द रहेको कारण मुलुकको अर्थतन्त्रमा गहिरो असर परेको भन्दै जसपाले सीमा खोल्न नेपाल सरकारसँग माग गरेको हो । जसपाले निरन्तर सीमा सीलका कारण तराई मधेशको जनजीवन प्रभावित भएको उल्लेख गरेको छ ।
सरकारले कोरोना भाइरस फैलिन नदिन बिना तयारीको सीमा सील गरिएको जनाउँदै सीमा खोलेर पूर्ण व्यवस्थित गर्न पनि माग गरेको छ । जसपाले सीमामा सुरक्षा व्यवस्था मिलाएर सीमा नाका खोल्न आग्रह गरेको हो ।
सीमा सीलका कारण कृषि, शिक्षा, स्वास्थ्य, उपचार समेतमा असर परेको भन्दै नेताद्धयले विज्ञप्ति जारी गर्दै सीमा खुलाउन सरकारसँग माग गरेको छ । जसपाले स्वास्थयकर्मीको भत्ता, तलब, अस्पताल, उपचार, चिकित्सकको पूर्ण व्यवस्थान गरी सीमा खुल्ला गर्न माग गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…