गैर आवासीय मधेशी सँघले ४ नेपालीलाई मलेसिया जेलबाट गराए रिहा
३७ दिनको निरन्तर प्रयासले चारै जनालाई जेलबाट रिहा गराई नेपाल पठाउन सफल

२०७७ मंसिर ८ सोमबार, बिहान ८:०९ बजे२ मिनेट पढाइ
३७ दिनको निरन्तर प्रयासले चारै जनालाई जेलबाट रिहा गराई नेपाल पठाउन सफल

२०७७ मंसिर ८ सोमबार, बिहान ८:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विदेशमा अहिले गैर आवासीय मधेशी सँघ (एनआरएमए) ले सक्रियता बढाएको छ ।
सोही क्रममा नेपालबाट बैदेशिक रोजगारीमा गएका तथा विभिन्न कारणले मलेसियाको जेलमा ४ महीनादेखि कैदी जीवन बिताई रहेका ४ नेपालीलाई जेलबाट रिहा गराउन सफल भएको छ ।
प्रदेश नम्बर २ को वीरगँज बस्ने नागेश्वर राउत, खैरुदिन मियाँ अन्सारीलाई गैर आवासीय मधेशी संघ, मलेसियाको पहलमा जेलबाट रिहा गराई नेपाल पठाईएको छ। यी दुबै जना मलेसियाको ली रबर कम्पनीमा कार्यरत थिए।
गैर आवासीय मधेशी संघ, मलेसियालाई दुवै जनाको बारेमा जनमत पार्टी पर्साका अनिता रौनियार, नगमा खातुन र सोफिया खातुन मार्फ़त जानकारी प्राप्त भएपछि सँघका पदाधिकारीहरुले सक्रियता बढाएको थियो ।
जानकारी प्राप्त हुना साथ सँघका सदस्यहरुले दुवै जनालाई जेलमै गई भेटेर रिहा गराउने प्रक्रिया सुरु गरेको थियो । १ महिनाको अथक प्रयासपछि उनीहरुलाई सँघले रिहा गराउन सफल भएको गैर आवासीय मधेशी सँघ अन्तराष्ट्रिय समितिका अध्यक्ष ई. बसन्त कुशवाहाले जानकारी दिए ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टी विदेश विभाग प्रमुख समेत रहेका ई. कुशवाहाका अनुसार, त्यसै बीच त्यही जेलमा सुनसरीका महेश कुमार यादव र सप्तरीका प्रवेश खँगलाई पनि रिहा गराउन सफल भएको हो ।
३७ दिनको निरन्तर प्रयासले चारै जनालाई जेलबाट रिहा गराई नेपाल पठाउन सफल भएको बताईएको छ । मलेसियामा जनमत पार्टीका विदेश विभागका सदसयहरु, स्थानीय निकाय, प्रहरी, प्रशासन, अदालत, वकील र नेपाली राजदूतावास संग आवश्यक समन्वय गरी रिहा गराएको हो ।
रिहा भए पश्चात् नागेश्वर राउत, खैरुदिन मियाँ अन्सारी र महेश कुमार यादव गत १८ नोवेम्बर २०२० का दिन हिमालय एयरलाइन्सबाट नेपाल पुगे र प्रवेश खँग २१ नोवेम्बर २०२० का दिन सोही एयरलाइन्सबाट नेपाल पुगेको ई. कुशवाहाले जानकारी दिए ।
उनीहरुको रिहाई प्रक्रियामा करिब ५ लाख रुपैयाँ ( १७,५०० रिँगेट) खर्च भएको जनाईएको छ । सो सम्पूर्ण खर्च गैर आवासीय मधेशी संघ, नेपाली राजदूतावास र स्थानीय संघ संस्थाले बेहोरेको जनाईएको छ ।
गैर आवासीय मधेशी संघ मलेसियाका स्वराजीहरु लगातार मलेसियामा सहयोगका कार्यक्रमहरु गरिरहेको जनाइएको छ । अध्यक्ष कुशवाहाले विदेशमा कुनै प्रकारको यस्ता समस्या परे गैर आवासीय मधेशी सँघलाई समयमै जानकारी गराउन अनुरोध समेत गरे ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

अन्तराष्ट्रिय
१ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा२ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने३ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद३ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक४ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१४ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमामव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…