सुनुयोजित फँसाईएका युवा नेता मण्डल रिहा भएपछि भव्य स्वागत
ईन्स्पेक्टर राईले नेता मण्डललाई ईलाकामा गएर बस्न भन्दै केही बेरमा उनलाई हिरासतमा लिएको

२०७७ मंसिर ७ आइतबार, बिहान ८:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेस निकट तरुण दलका सिरहा जिल्ला सदस्य तथा युवा नेता अरबिन्द मण्डललाई सुनुयोजित तरिकाले फँसाएको भन्दै रिहा भएपछि भव्य स्वागत गरिएको हो ।
ईलाका प्रहरी कार्यालय गोलबजारले माथिको प्रेसर भन्दै उनलाई पक्राउ गरेको थियो । गोलबजार स्थित रहेको भूमिजा होस्पिटलमा एक विरामीको मृत्यू भएपछि नेता मण्डलले सहजकर्ताको भूमिका निर्वाह गर्दा उनलाई सुनुयोजित तरिकाले फँसाएको आरोप लगाएका छन् ।
विगत लामो समयदेखि मधुमेह (चीनी) प्रेसरले ग्रसित त्यो विरामी लहान, विराटनगर, धरान जस्ता अस्पतालहरुबाट फिर्ता आएर गोलबजारको भूमिजा हस्पिटलमा भर्ना गरिएको थियो । भर्ना गरिएको २० मिनेटपछि नै विरामीको ज्यान गएपछि मृतकका परिवारजनले हो हल्ला सहित अस्पतालको गल्ती भन्दै अस्पताल क्षेत्र अशान्त बनाएपछि नेता मण्डल सम्झाउन पुगेका थिए ।
बिराटनगरको अस्पतालमा उपचार हुने बिरामी सिरहाको अस्पतालहरुमा उपचार गराउन ल्याउनु विरामी पक्षकै कमजोरी रहेको आरोप लगाउँदै नेता मण्डलले आफूलाई पूर्ण सुनुयोजित तवरले फँसाउन खोजिएपछि प्रयास असफल रहेको बताए । उनले भने, न मेरो हस्पिटल छ , न म डाक्टर हुँ, गोलबजारमा एक सहजकर्ता र युवाको हैसियतले सम्झाउन गएपछि, विवादबारे बुझ्न गएपछि नै मलाई फँसाउने प्रयास गरियो, तर उनीहरु विफल भए ।”
उनले सिरहाको नीजि अस्पतालहरुमा आईसीयू समेतको व्यवस्था नभएको अवस्थामा पनि गम्भिर प्रकृतिका विरामीलाई उपचारको लागी ल्याउनु नै परिवारजनको गलतीको साटो अस्पतालबाट चिकित्सक फरार भएको भनेर आरोप लगाउनु गलत रहेको बताउँदै अन्ततः सत्यको जीत भएको जिकिर गरे ।
विरामीको मृत्यूपछि उनकै आफन्तका अनुसार, विरामी सुगरले परेशान थिए । विभिन्न ठाउँमा उपचार गराएर पनि सुधार नभएको भनेर एक भिडियोमा बताइएको छ ।
नेता मण्डललाई गोलबजारका प्रहरी नीरिक्षक (इन्स्पेक्टर) सन्तोष कुमार राईको कमान्डमा खटिएको प्रहरी टोलिले युवा नेता मण्डल लाई समातेको थियो । ईन्स्पेक्टर राईले नेता मण्डललाई ईलाकामा गएर बस्न भन्दै केही बेरमा उनलाई हिरासतमा लिएको थियो ।
उनलाई अस्पतालमा गएर गुण्डागर्दी गरेको आरोप लगाउँदै तत्कालै हिरासतमा राखेपनि आरोपको गवाही (प्रमाण) नहुँदा उनलाई रिहा गरिएको थियो । तरुण दलका युवा नेताहरुले जिल्ला सदस्य तथा युवा नेता मण्डललाई फूलमाला र रातोटीका लगाई स्वागत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…